Technology Khabar २७ भाद्र २०८२, शुक्रबार
काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा गोल्छा अर्गनाइजेसनका प्रबन्धक शेखर गोल्छाले रोजगारी सिर्जना र लगानीमा अझ प्रतिवद्ध भएको बताएका छन्।
जेनजीको प्रदर्शनको क्रममा उनको घरमा पनि आगजनी गरिएको थियो।प्रदर्शनको क्रममा अन्य व्यवसायीहरुको घर तथा व्यवसायमा समेत आक्रमण गरिएको छ।
गोल्छाले घरको जलेको गेटको फोटो राखेर फेरि पनि उच्च मनोबलका साथ काम गर्ने बताएका छन्।
उनले सामाजिक सञ्जाल एक्समा एक फोटो पोस्ट्याउँदै लेखेका छन्, “देशमा सकारात्मक परिवर्तन होस्, नयाँ पुस्ताको नयाँ नेपालको सपना पुरा होस्। आक्रमणले हाम्रो परिवारलाई पनि छोयो तर हामी अडिग छौं। लोकतन्त्र सुदृढ होस् भन्ने कामनासहित रोजगारी सिर्जना र लगानीमा अझ प्रतिवद्ध छौं। अन्धकारपछि उज्यालोले सबैलाई एकता देओस्।”
प्रकाशित: २७ भाद्र २०८२, शुक्रबार