Technology Khabar २७ भाद्र २०८२, शुक्रबार
काठमाडौं ।
२४ वटा आधिकारिक भाषा र कुल २८७ वटा बोलीचालीका भाषा रहेको यूरोपमा अहिलेका लागि एप्पलको ‘एयरपडमा लाइभ ट्रान्सलेसन’ सुविधा उपलब्ध नहुने भएको छ।
“यदि तपाईं युरोपेली संघ (ईयू) मा हुनुहुन्छ र तपाईंको एप्पल खाता पनि ईयू क्षेत्रमै छ भने यो सुविधा उपलब्ध हुँदैन,” कम्पनीले आफ्नो आईओएस फिचर उपलब्धता पेजमा उल्लेख गरेको छ। यसको कारण भने दिइएको छैन तर यो विषय कृत्रिम बुद्धिमत्ता र गोपनीयतासम्बन्धी ईयूका कडा नियमसँग सम्बन्धित हुन सक्छ।
एप्पलले यो सुविधा सुरु गर्नुअघि ईयू को स्वीकृति वा अध्ययनको पर्खाइ गरिरहेको हुन सक्ने इन्ग्याजेटले उल्लेख गरेको छ। एआईसम्बन्धी कानुन कडा रूपमा “उच्च-जोखिम” प्रयोगमा लागू हुन्छ, जसमा विभेद वा प्रयोगकर्ताको गोपनीयता उल्लंघन हुने सम्भावना हुन्छ।
त्यसैले ईयूले यो फिचर प्रयोग गर्दा संकलित डाटा सुरक्षित रूपमा र आफ्नै क्षेत्रमा राखिएको छ कि छैन भन्ने सुनिश्चित गर्न चाहन सक्छ।
एप्पलको शब्दावलीअनुसार यो सुविधा उत्तर अमेरिकाका प्रयोगकर्ताले वा अन्य ठाउँका प्रयोगकर्ताले युरोप भ्रमण गर्दा प्रयोग गर्न सक्ने देखिन्छ। तर युरोपमै रहेका र युरोपको खाता भएका प्रयोगकर्ताले भने यसलाई प्रयोग गर्न पाउने छैनन्।
लाइभ ट्रान्सलेसनमार्फत एयरपोड्स प्रयोगकर्ताले अन्य भाषीहरूसँग सजिलै कुराकानी गर्न सक्छन्। यदि अर्को पक्षसँग पनि एयरपोड्स छ भने वार्तालाप तुरुन्त अनुवाद भएर दुवै पक्षले सुन्न सक्छन्। तर यदि अर्को पक्षसँग एयरपोड्स छैन भने, बोलेको कुरा प्रयोगकर्ताको फोनमा अनुवाद भएर देखिने वा सुन्न सकिने हुन्छ।
लाइभ ट्रान्सलेसन पहिलो पटक डब्लूडब्लूडीसीमा आईओएस २६ को भागको रूपमा प्रस्तुत गरिएको थियो र मंगलबार एप्पलको कार्यक्रममा एअरपड्स प्रो ३ को प्रमुख फिचरको रूपमा सार्वजनिक गरिएको थियो। यो सुविधा आईफोन १५ र त्यसपछि आउने डिभाइसहरूमा एप्पल इन्टेलिजेन्स मार्फत चल्नेछ, र एअरपड्स प्रो ३, एअरपड्स प्रो २ तथा एअरपड्स प्रो ४ मा आईओएस २६ सेप्टेम्बर १५ 15 मा उपलब्ध भएपछि प्रयोग गर्न सकिनेछ।
अहिलेसम्म, लाइभ ट्रान्सलेसनले अंग्रेजी, फ्रेन्च, जर्मन, पोर्चुगिज (ब्राजिल) र स्पेनिसबीच वास्तविक समयमा अनुवाद गर्ने सुविधा दिन्छ। तर एप्पलले २०२५ को अन्त्यसम्म इटालियन, जापानी, कोरियन र चिनियाँ (सरलीकृत) भाषा पनि थप्ने योजना बनाएको छ।
प्रकाशित: २७ भाद्र २०८२, शुक्रबार