Technology Khabar २७ भाद्र २०८२, शुक्रबार
काठमाडौं ।
नयाँ एप्पल एयरपड्स प्रो ३ मा एएनसी पर्फर्मेन्स दोब्बर गर्नुका साथै बिल्ट–इन हार्ट रेट मोनिटर र लाइभ ट्रान्सलेसन मोड उपलब्ध रहेको छ। बड्स आफैंले लामो ब्याट्री लाइफ पनि प्रदान गरे पनि यसमा अझै कमि रहेकोे रिपोर्ट गरिएको छ।
वास्तवमा, प्रो ३ बड्सलाई ८ घण्टासम्म निरन्तर प्लेब्याक समयको लागि मूल्याङ्कन गरिएको छ जुन प्रो २ बड्ससँगको तुलनामा ६ घण्टा भन्दा बढी हो। यद्यपि, नयाँ मोडेलको लागि कुल लिसनिङ टाइम (सुन्ने समय) (बड्स + केस) २४ घण्टा रहेको छ जुन प्रो २ बड्सले प्राप्त गर्न सक्ने ३० घण्टामा ६ घण्टा कम भएको बताइएको छ।
चार्जिङ केस भित्रको ब्याट्री धेरै सानो भएको रिपोर्ट गरिएको छ। एयरपड्स प्रो ३ बड्स आफैंमा ८ घण्टा सम्म टिक्छन् भने केसले १६ घण्टा समय थप्ने उल्लेख गरिएको छ। अघिल्लो मोडेलमा भने बड्स ६ घण्टा मात्र टिक्ने र केसले २४ घण्टा समय थप्ने गरेको जनाइएको छ।
एप्पलले मिलिएम्प–आवर्समा ब्याट्रीको आकारको खुलासा नगरेको बताइएको छ। साथै यस बारे टिडराउन पछि थप जानकारी प्राप्त गरिने उल्लेख गरिएको छ। चाखलाग्दो कुरा के छ भने, नयाँ बड्स अलि सानो भएको र तिनीहरूको केसको आकार अलि ठूलो भएको बताइएको छ।
प्रो ३ बड्सको तौल ५.५५ ग्राम (०.२० औंस) रहेको छ र केससँगै कुल तौल ४३.९९ ग्राम (१.५५ औंस) हुने बताइएको छ। तुलनाको लागि, प्रो २ बड्सको तौल ५.३ ग्राम (०.१९ औंस) छन् र केससहित कुल तौल ५०.८ ग्राम (१.७९ औंस) रहेको छ। यसको मतलब नयाँ केसको तौल उल्लेखनीय रूपमा कम रहेको र यसको कारण सानो ब्याट्री भएको बताइएको छ।
प्रो ३ बड्सले आफ्नो पूर्ववर्तीको जस्तै एप्पल एच२ चिप प्रयोग गरेको बताइएको छ। यद्यपि, केसले फाइन्ड माई सुविधाको लागि यू२ (पुरानो केसमा यू१) मा स्विच गरेको उल्लेख गरिएको छ।
बिल्ट–इन हार्ट रेट सेन्सर कति प्रभावकारी छ भन्ने सन्दर्भमा एप्पलले एयरपड्स प्रो ३ बड्स वर्कआउट (कसरत) को समयमा हार्ट रेट (मुटुको दर) पत्ता लगाउने गरी एकल चार्जमा ६.५ घण्टासम्म टिक्न सक्ने दाबी गरेको छ। साथै यो ट्रान्सपेरेन्सी मोड एनेबल्ड गरिएको अवस्थामा हुने जनाइएको छ। वर्कआउट मोड बिना ट्रान्सपेरेन्सी मोडमा बड्सको लागि कुनै सिङ्गल रिडिङ्ग उपलब्ध नभएको बताइएको छ भने हेयरिङ एड सुविधा र ट्रान्सपेरेन्सी मोड सक्रिय भएको बेला १० घण्टासम्म टिक्न सक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २७ भाद्र २०८२, शुक्रबार