भोलि काठमाडौं उपत्यकाका यी स्थान र समयमामा लागू हुनेछ निषेधाज्ञा र कर्फ्यू

Technology Khabar २६ भाद्र २०८२, बिहीबार

काठमाडौं ।

नेपाली सेनाले काठमाडौं, भक्तपुर र ललितपुरमा भोलि (भदौ २७ गते) पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यू जारी रहने जानकारी दिएको छ।

जंग्गीअड्डाबाट जारी विज्ञप्ति अनुसार भोलि २७ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ। त्यसपछि साँझ ७ बजेदेखि मध्यरातभर कर्फ्यू आदेश जारी हुने छ।

तर बिहान ६ देखि ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म अत्यावश्यक कार्यका लागि नागरिकलाई आवतजावत गर्ने अनुमति प्रदान गरिएको सेनाले स्पष्ट पारेको छ। यस अवधिमा सामान्य आवागमन प्रतिबन्धित हुने भएकाले सेनाले नियमको पालना गर्न अनुरोध गरेको छ।

 

प्रकाशित: २६ भाद्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया