Technology Khabar २६ भाद्र २०८२, बिहीबार
काठमाडौं ।
एप्पलले आइफोन १७ प्रो र आइफोन १७ प्रो म्याक्स लन्च गरेको छ। यी मोडेलहरू अहिलेसम्मकै सबैभन्दा उन्नत प्रो मोडेल भएको दावी गरिएको छ। नयाँ आइफोनहरूमा पुनः डिजाइन गरिएको आल्मुनियम युनिबडी स्ट्रकचर, भेपर चेम्बर मार्फत सुधारिएको थर्मल इफिसियन्सी र नयाँ ए१९ प्रो चिप रहेका छन्।
आईफोन १७ प्रो/प्रो म्याक्स स्पेसिफिकेशनहरूः
आईफोन १७ प्रोमा २६२२×१२०६ पिक्सेलको रिजोल्युसन भएको ६.३ इन्चको सुपर रेटिना एक्सडीआर ओएलईडी डिस्प्ले रहेको छ भने आईफोन १७ प्रो म्याक्समा २८६८×१३२० पिक्सेलको ६.९ इन्चको प्यानल समावेश गरिएको छ।
दुवै डिस्प्लेले १२० हर्जसम्मको रिफ्रेस रेट, एचडीआर, ट्रु टोन र अलवेज–अन फङ्गसन्यालिटी (कार्यक्षमता) को साथ प्रो–मोशनलाई समर्थन गर्दछ। एप्पलले ३००० निट्ससम्मको पीक आउटडोर ब्राइटनेस बढाएको छ भने अगाडि र पछाडि सेरामिक शिल्ड २ प्रोटेक्सन थप गरेको छ जसले सुधारिएको स्थायित्व र स्क्र्याच प्रतिरोध प्रदान गर्दछ।
एप्पलले दुवै मोडेलहरूमा पावरको लागि ए१९ प्रो चिप, ६–कोर सीपीयू भएको ३एनएम प्रोसेसर, ६–कोर जीपीयू र १६–कोर न्यूरल इन्जिन समावेश गरेको छ। यसले हार्डवेयर–एक्सेलेरेटेड रे ट्रेसिङलाई समर्थन गर्दछ र पहिलेको भन्दा ४० प्रतिशत सम्म राम्रो सस्टेन्ड पर्फर्मेन्स ( दिगो प्रदर्शन) प्रदान गर्दछ।
पहिलो पटक, आईफोनले भेपर चेम्बर कुलिङ सिस्टम (प्रणाली) लाई इन्टिग्रेट (समावेश) गरेको छ भने एल्युमिनियम युनिबडीमा लेजर–वेल्ड गरेर चिपबाट तापलाई कम गर्न डिआओनाइज्ड पानी प्रयोग गर्दछ। यो थर्मल सुधारले एएए गेमिङ, भिडियो प्रोडक्सन र अन–डिभाइस एआई कार्यप्रवाहलाई फाइदा पुर्याउने उल्लेख गरिएको छ।
आईफोन १७ प्रो लाइनअप आईओएस २६ सँग आउने बताइएको छ जसले ताजा लिक्विड ग्लास इन्टरफेस र नयाँ एआई–सञ्चालित सुविधाहरू प्रस्तुत गर्दछ। एप्पल इन्टेलिजेन्सले रियल–टाइम कन्टेन्ट इन्टरएक्सनको लागि लाइभ ट्रान्सलेसन, जेनमोजी, राइटिङ टुल्स र भिजुअल इन्टेलिजेन्स जस्ता टुल्स (उपकरणहरू) थप गरेको छ।
एप्पलले आईफोन १७ प्रो मोडेलहरूलाई तीनओटा ४८ मेगापिक्सेलको फ्युजन रियर क्यामराहरूले सुसज्जित गरेको छ जसमा वाइड, अल्ट्रा–वाइड र नयाँ टेलिफोटो लेन्स समावेश रहेका छन्।
टेलिफोटो लेन्सले ४× र ८× अप्टिकल जुमलाई समर्थन गर्दछ र ५६ प्रतिशत ठूलो सेन्सर फिचर गर्दछ। अद्यावधिक गरिएको फोटोनिक इन्जिनले कलर एक्यूरेसी, सार्पनेस र लो–लाइट डिटेल सुधार गर्दछ।
एप्पलको आईफोन १७ प्रो मोडेलहरूको अगाडि रहेको १८ मेगापिक्सेलको सेन्टर स्टेज क्यामरामा वर्गाकार सेन्सर, वाइडर फिल्ड अफ भ्यू र अगाडि र पछाडिगरी एकैसाथ भिडियो रेकर्ड गर्नको लागि डुअल क्याप्चर समर्थन जस्ता सुविधाहरू उपलब्ध रहेको छ। डिभाइसहरूले प्रोरेस आरएडब्ल्यू, एप्पल लग २, फोरके१२०एफपीएस डल्बी भिजन र जेनलकलाई समर्थन गर्दछ।
प्रो म्याक्स मोडेलले ३९ घण्टासम्मको भिडियो प्लेब्याक प्रदान गर्दछ भने प्रोले ३३ घण्टासम्मको भिडियो प्लेब्याक प्रदान गर्ने बताइएको छ। दुबै मोडेलले एप्पलको नयाँ ४०वाट डायनामिक पावर एडाप्टरको साथ २० मिनेटमा ५० प्रतिशत फास्ट चार्जिङ समर्थन गर्दछ। साथै २५वाट सम्मको पावरको साथ म्यागसेफ र क्यूआई२ मार्फत वायरलेस चार्जिङ पनि उपलब्ध रहेको उल्लेख गरिएको छ।
एप्पलले आईपी६८ पानी र धुलो प्रतिरोध, कस्टमाइजेबल एक्सन बटन र एडभान्स्ड क्यामरा कन्ट्रोल्स समावेश गरेको छ। कनेक्टिभिटीको लागि, डिभाइसहरूमा वाई–फाई ७, ब्लुटुथ ६, नेभआईसी समर्थन सहितको डुअल–फ्रिक्वेन्सी जीपीएस, अल्ट्रा वाइडब्यान्ड जेन २ र नयाँ एन१ वायरलेस चिप समावेश गरिएको छ।
मूल्य निर्धारण र उपलब्धताः
आईफोन १७ प्रोको २५६ जीबीको लागि १,०९९ अमेरिकी डलर, ५१२ जीबीको लागि १,२९९ अमेरिकी डलर र १ टिबीको लागि १,४९९ अमेरिकी डलर मूल्य निर्धारण गरिएको छ।
आईफोन १७ प्रो म्याक्स २५६ जीबीको लागि १,१९९ अमेरिकी डलर , ५१२ जीबीको लागि १,३९९ अमेरिकी डलर, १ टिबीको लागि १,५९९ अमेरिकी डलर र २ टिबीको लागि १,९९९ अमेरिकी डलर मूल्य निर्धारण गरिएको छ।
त्यसैगरी डिभाइसहरुको प्रि–अर्डरहरू सेप्टेम्बर १२ देखि सुरु हुनेछन्।
एप्पलले कार्यक्रममा, आफ्नो अहिलेसम्मको सबैभन्दा पातलो आईफोन ‘आईफोन एयर’ को साथमा वाच अल्ट्रा ३ र वाच एसई ३ (स्याटेलाइट म्यासेजिङ्ग र अपग्रेड गरिएका स्वास्थ्य सुविधाहरू सहितको) अनावरण गरेको छ। कम्पनीले त्यसका साथै कम्पनीले एयरपड्स प्रो ३ पनि प्रस्तुत गरेको छ जसले सुधारिएको एक्टिभ नोइज क्यान्सिलेसन, हार्ट रेट मनिटरिङ्ग (मुटुको दर अनुगमन) गर्ने र रियल–टाइम ट्रान्सलेसन समर्थन थप गरेको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २६ भाद्र २०८२, बिहीबार