सिंहदरबारमा रहेका सरकारी डाटा सबै सुरक्षित, अदालतको डाटाहरु समेत ब्याकअपबाट लिन सकिने

Technology Khabar २५ भाद्र २०८२, बुधबार

सिंहदरबारमा रहेका सरकारी डाटा सबै सुरक्षित, अदालतको डाटाहरु समेत ब्याकअपबाट लिन सकिने
फाइल तस्बिर

काठमाडौं ।

जेनजीको आन्दोलन र हिंसात्मक घटनाको क्रममा मंगलबार प्रमुख प्रशासकिय केन्द्र सिंहदरबारमा भएको आगजनीबाट अधिकांश भौतिक संरचनामा क्षति पुगेको भए पनि सरकारी कार्यालयका डाटाहरु सुरक्षित रहेका छन्।

एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) का प्रमुख मनिष भट्टराईले दिएको जानकारीअनुसार सरकारी डाटाहरु सुरक्षित रहेको र कतिपय सेवाहरु खुला गरिसकिएको छ।

उनले सिंहदरबारको डाटा सेन्टरका साथै हेटौंडामा रहेको रिकभरी सेन्टरमा राखिएका डाटासमेत सुरक्षित रहेको बताए।

“हाम्रोमा भएको सबै डाटाहरु सुरक्षित छन् र रिकभरी सेन्टरमा पनि सुरक्षित गरिएको छ,” उनले टेक्नोलोजीखबरसँग भने।

“कुनै सरकारी कार्यालयहरुले मागेमा  हामीले दिनसक्ने सरकारी डाटा सुबिधाहरु दिईरहेका छौं,” भट्टराईले भने, “अग्रस्थानमा रहेका कार्यालयले सेवा दिने अवस्थामा सेवाग्राहीले लिने सेवामा असर नपरोस् भनेर ध्यान दिएका छौं।

उनकाअनुसार, अन्य सरकारी निकायहरुले राखेका डाटाहरुको अवस्था बारेमा जानकारी छैन्।

“अन्य कतिपय सरकारी निकायहरुले पनि आफैंले राख्ने डाटासेन्टर राख्ने गरेका छन् तर तिनीहरुको अवस्था बारेमा जानकारी छैन्,” उनले भने।

यसैगरी, सर्वोच्च अदालतमा भएको आगलागीको समयमा अदालतको डाटा सेन्टरमा समेत आगो लगाईएको छ। उक्त डाटा सेन्टरको ब्याकअपपनि सरकारी आईडीएमसीमा भएको उनले बताए।

“उहाँहरुले हामीसँग डाटा ब्याकअपको लागि भन्नुभएको छ र पत्र पठाउनु भएको छ,” उनले भने, “उहाँहरुको प्राविधिकले विश्लेषण गरिरहनुभएको छ त्यसपछि आवश्यकताअनुसार डाटा उपलब्ध गराउनेछौं।”

यसैगरी, उनले अहिलेपनि आवश्यकताअनुसार सेवाहरु खुला गरिसकिएको बताएका छन्। सरकारी सेवाहरुको माग भएअनुसार सेवा दिईरहेको भट्टराईले बताए।

प्रकाशित: २५ भाद्र २०८२, बुधबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार