आइस्पानको चेतावनी- सामाजिक संजाल निष्क्रिय गरेसँगै ब्यान्डविथ क्षमता साँघुरियो, इन्टरनेट अवरुद्ध हुने खतरा भयो

Technology Khabar २३ भाद्र २०८२, सोमबार

आइस्पानको चेतावनी- सामाजिक संजाल निष्क्रिय गरेसँगै ब्यान्डविथ क्षमता साँघुरियो, इन्टरनेट अवरुद्ध हुने खतरा भयो

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले सामाजिक संजाल निष्क्रिय गर्ने सरकारी आदेशसँगै ब्यान्डविथ क्षमता साँघुरिने समस्या देखा परेर व्यापक रुपमा इन्टरनेट सेवा अवरुद्ध हुने खतरा भएको चेतावनी दिएको छ।

आइस्पानले दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणका अध्यक्षलाई बुझाएको पत्रमा अन्तर्राष्ट्रिय इन्टरनेट ट्राफिक (International Bandwidth IPT) मा देखिएको निरन्तर वृद्धिका कारण नेटवर्कमा असामान्य चाप (Network Congestion) उत्पन्न भएको जानकारी दिएको छ। यसले गर्दा ब्यान्डविथ क्षमता साँघुरिने (Bandwidth Choking) समस्या देखा परेको छ।

आइस्पानका अध्यक्ष सुधिर पराजुलीले नियामकलाई दिएको गुनासो पत्रमा, यस अवस्थाको प्रत्यक्ष परिणामस्वरूप सेवाको गुणस्तर (Qos) मा गम्भीर गिरावट आएको बताईएको छ। ग्राहकहरूले इन्टरनेट गति सुस्त हुनु, लेटेन्सी बढ्नु, तथा प्याकेट लस जस्ता समस्याहरू अनुभव गरिरहेका छन्, जसले रियल-टाइम एप्लिकेसन, बैंकिंग एवं व्यावसायिक कारोबार र सामान्य इन्टरनेट प्रयोगमा प्रतिकूल असर पारेको उल्लेख छ।

“अत्यधिक ट्राफिकका कारण हाम्रो प्राविधिक स्रोत साधन र नेटवर्क क्षमतामा धान्नै नसक्ने खालको दबाब परेको छ,” पत्रमा लेखिएको छ, “यदि हालको अवस्था यस्तै रहिरहेमा नेटवर्क प्रणालीमा गम्भीर असर पर्न सक्ने जोखिम उच्च रहेको छ, जसका कारण व्यापक रुपमा इन्टरनेट सेवा अवरुद्ध हुने खतरा उत्पन्न भएको छ।

आइस्पानले उच्च अन्तर्राष्ट्रिय ब्यान्डविथ खपतका कारण आईएसपीहरूले (ISP) प्रत्यक्ष क्षति व्यहोर्नु परेको भन्दै उक्त क्षतिको क्षतिपूर्ति कसरी र कुन प्रक्रियाबाट उपलब्ध गराउन सकिन्छ भन्नेबारे प्राधिकरणले मार्गनिर्देशन

हाल उत्पन्न भएको विषम परिस्थितिबारे आवश्यक सहयोग / समन्वयको लागि समेत नियामकसँग अनुरोध गरिएको छ।

Sajilo Visa

प्रकाशित: २३ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार