जेनजीको प्रदर्शनका कारण पोखरामा पनि निषेधाज्ञा जारी

  • Technology Khabar | २३ भाद्र २०८२, सोमबार
जेनजीको प्रदर्शनका कारण पोखरामा पनि निषेधाज्ञा जारी
काडमाडौंमा जेनजीको प्रदर्शन । टेक्नोलोजीखबर।

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखराका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ। पोखरा महानगरपालिका–७ सहिदचोक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिईन्।

उनका अनुसार आज दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पूर्वतर्फ वाइचोक, उत्तरपूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेगेट (बैदाम), उत्तरतर्फ मालमोत कार्यालय र दक्षिणतर्फ राष्ट्रबैङ्कचोक (दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालयअगाडि, ड्यामसाइड) सम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

‘जेनजी’को प्रदर्शन अराजक बनेपछि सुरक्षाका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ। रासस

प्रकाशित: २३ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार