भोलि हुँदैछ एप्पलको महत्वपूर्ण इभेन्ट: के-के आशा गर्ने?

Technology Khabar २३ भाद्र २०८२, सोमबार

काठमाडौं ।

एप्पलको शरद ऋतुमा हुने सबैभन्दा महत्त्वपूर्ण कार्यक्रम भोलि सेप्टेम्बर ९ मा हुँदैछ। एप्पलको वर्षको सबैभन्दा बहुप्रतिक्षित कार्यक्रममा कम्पनीले नयाँ आईफोन १७ लाइनअपका साथै अन्य डिभाइसहरु के ल्याउला त?

जीएसएमएरिनाका अनुसार कम्पनीले हार्डवेयर पनि प्रस्तुत गर्ने जनाइएको छ। एप्पलको उक्त विशेष कार्यक्रममा सम्भवतः नयाँ आईफोन मोडेल, नयाँ स्मार्टवाचहरू र नयाँ इयरबडहरू समावेश हुनेछन्।

यो कार्यक्रम क्यालिफोर्नियाको क्युपर्टिनोस्थित एप्पल पार्कमा बिहान १० बजे प्यासेफिक टाइम (दिउँसो १ बजे इस्टर्न टाइम) मा सुरु हुनेछ। र एप्पलले यस कार्यक्रमलाई आफ्नो युट्युब च्यानल र एप्पल डट कममा लाइभस्ट्रिम गर्नेछ।

एप्पल वाच सिरिज ११, वाच अल्ट्रा ३, वाच एसई ३ः
एप्पलले सामान्यतया एप्पल वाचको साथ आफ्नो फल इभेन्ट (कार्यक्रम) सुरु गर्दछ। कम्पनीले यस वर्ष गम्भीर अपडेटको लागि तयारी गरेको छ। सन् २०२४ को वाच अल्ट्रा (यसमा केवल कालो टाइटेनियम पेन्टको काम मात्र भएको थियो) मा अपग्रेड नगरेको एप्पलले यस पटक वाच अल्ट्रा ३ अनावरण गर्नेछ।

एप्पलले बेजेलहरू घटाएर लगभग उही आवरणमा ठूलो डिस्प्ले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। डिस्प्ले सम्भवतः उज्यालो हुनेछ र अझ इफिसियण्ट अलवेज–अन डिस्प्ले हुनेछ जुन गत वर्षको सिरिज १० बाट लिइएका सुविधाहरू रहेका छन्।

एप्पल वाच अल्ट्रा ३ ले फाइभजी कनेक्टिभिटीका साथै स्याटेलाइट म्यासेजिङ्गको सुविधा पनि ल्याउने अपेक्षा गरिएको छ। साथै एप्पल वाच सिरिज ११ ले उच्च रक्तचाप पत्ता लगाउने अपेक्षा गरिएको छ र यो एक वृद्धि गरिएको अपडेट हुनेछ।

एप्पल वाच एसई ३ ले यस वर्ष फ्ल्यागशिप मोडेलहरूको जस्तै पर्फर्मेन्स प्रदान गर्ने हल्ला रहेको छ।

सन् २०२५ को लागि एप्पल वाच अपग्रेडको बारेमा उल्लेख गर्दा तीनवटै मोडेलहरूले एप्पलको पहिलो इन–हाउस वाइफाइ र ब्लुटुथ चिप प्रिमियर गर्न सक्ने सम्भावना रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

एयरपड्स ३ प्रोः

एप्पलले अन्तिम पटक सन् २०२३ मा आफ्नो एयरपड्स प्रो अपडेट गरेको थियो। कम्पनीले एयरपड्स प्रो २ लाई यूएसबी–सी केसको साथ प्रस्तुत गरेको थियो। सन् २०२४ को अक्टोबरमा एयरपड्स ३ आएको हुनाले अब नयाँ एयरपड्स ३ प्रो सेप्टेम्बर ९ मा आउने सम्भावना रहेको छ।

एयरपड्स ३ प्रो मा नयाँ एच३ चिप र हार्ट रेट (मुटुको दर) र टेम्प्रेचर मनिटरिङ्ग (तापक्रम अनुगमन) को लागि नयाँ हेल्थ (स्वास्थ्य) सेन्सरहरू हुनेछन्। यी हेल्थ सेन्सरहरूले कसरतको समयमा राम्रो ट्र्याकिङको लागि एप्पल वाचसँग मिलेर काम गर्नेछन्।

यस बाहेक नयाँ एयरपड्समा नयाँ लाइभ ट्रान्सलेसन सुविधाको पनि अपेक्षा गर्न सकिने उल्लेख गरिएको छ।

आईफोन १७, आईफोन १७ प्रो, आईफोन १७ प्रो म्याक्स र आईफोन १७ एयरः

कार्यक्रमको मुख्य केन्द्रबिन्दु भनेको एप्पलको आईफोनहरु हुनेछन्। एप्पलले चार नयाँ फोनहरू – बेस (आधार) आईफोन १७, आईफोन १७ प्रो र १७ प्रो म्याक्स र नयाँ आईफोन १७ एयर (पुराना प्लस मोडेलहरूलाई प्रतिस्थापन गर्दै) अनावरण गर्नेछ।

आईफोन १७ एयर नाटकीय रूपमा नयाँ डिजाइनको साथ शोको स्टार हुन सक्ने बताइएको छ। यो सन् २०१४ को ६.९ एमएम आईफोन १६ लाई पछि पार्दै, ५.५ एमएम मोटाइसहित अहिलेसम्मकै सबैभन्दा पातलो आईफोन हुनेछ।

यसको पातलो फ्रेमको कारण, यो डिभाइसको पछाडिको भागमा केवल सिङ्गल ४८ मेगापिक्सेलको क्यामराको साथ आउनेछ र यसको समकक्षीहरू भन्दा सानो ब्याट्री हुने रिपोर्ट गरिएको छ।

यद्यपि, केही अफवाहहरूले एयरमा हाई–डेनसिटी सिलिकन एनोड ब्याट्री हुने सुझाव दिएका छन्।

त्यसैगरी आईफोन १७ एयरमा प्रो मोडेलहरूसँग मिल्दोजुल्दो प्रो–मोशन १२० हर्ज डिस्प्ले हुन सक्ने अफवाहहरूले थप सुझाव दिएका छन्।

बेस (आधार) मोडेल आईफोन १७ ले हाई–रिफ्रेस–रेट सहितको १२० हर्ज डिस्प्ले पनि प्रदान गर्न सक्ने रिपोर्टहरू आएका छन्।

यद्यपि यो प्रोमोशन युनिट हो कि होइन (अर्थात् एलटीपीओ भेरियबल हो/होइन) हेर्न बाँकी छ। आईफोन १७ को डिस्प्ले ६.३ इन्चको हुनेछ जुन सानो प्रो मोडेलसँग मेल खानेछ र यसको पूर्ववर्तीको भन्दा ६.१–इन्च साइजबाट टाढा सर्ने जनाइएको छ।

आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्सले फोनको प्यानलको माथिल्लो भागको चौडाइमा फैलिएको नयाँ होरिजोन्टल (तेर्सो) ग्लास क्यामरा आइल्याण्डको साथ नयाँ डिजाइन अपनाउनेछन्। भित्री भागमा, दुबै प्रो मोडेलको फोनहरूमा नयाँ ३ एनएम ए१९ प्रो एसओसी हुनेछन् र आईफोनमा पहिलो पटक ८जीबी को सट्टा १२जीबी र्याम पनि हुनेछ।

त्यसैगरी चिपसेट र र्याम दुवैले एआई प्रोसेसिङ्गमा आवश्यक वृद्धि प्रदान गर्नुपर्ने उल्लेख गरिएको छ।

अर्को ठूलो सुधार भनेको डिभाइसमा १२ मेगापिक्सेललाई प्रतिस्थापन गर्दै जुम क्यामराको लागि नयाँ ४८ मेगापिक्सेलको सेन्सर समावेश गरिएको बताइएको छ। थप गरिएका पिक्सेलहरूले राम्रो डिजिटल जुम ईमेजहरूको परिणाम दिनेछन्।

यद्यपि, टेलिफोटोले ठूलो सेन्सर पाउनेछ कि छैन भन्ने कुरा स्पष्ट नभएको बताइएको छ। गत वर्षको प्रोहरूमा अल्ट्रावाइडसँग एप्पलले गरेको कामलाई हेरिरहेका हुन सक्ने बताइएको छ र यो सेन्सरको आकार नबढाई १२ मेगापिक्सेल बाट ४८ मेगापिक्सेलमा गएको हुन सक्ने सम्भावनाको उल्लेख गरिएको छ।

त्यसैगरी आईफोन १७ प्रो मोडेलहरूको डिस्प्लेमा आईप्याड्स वा सामसङको ग्यालेक्सी एस २५ अल्ट्रा मा जस्तै एन्टी–ग्लेयर कोटिङ्ग हुने अफवाह पनि रहेको छ।

एप्पलले फाइनवोभन केसहरूलाई प्रतिस्थापन गर्दै नयाँ टेकवोभन केसहरू प्रदर्शन गर्ने तयारीमा रहेको छ।

यस बाहेक, एप्पलले आईओएस २६ को रिलीजको घोषणा पनि गर्नेछ। नयाँ ओएसले एक प्रमुख डिजाइन ओभरहाल ल्याउनेछ जसलाई एप्पलले लिक्विड ग्लास भिजुअल ल्याङ्गवेज भनि वर्णन गरेको छ।

एप्पल टिभी, होमपड र एयरट्यागः (कार्यक्रममा प्रस्तुत नगरिने)

एप्पलले नयाँ प्रोसेसर र सुधारिएको कनेक्टिभिटी भएको दोस्रो पुस्ताको होमपड मिनीमा काम गरिरहेको हल्ला छ। तर यस पटकको कार्यक्रममा यो डिभाइस देखिने सम्भावना कम रहेको छ।

प्रकाशित: २३ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया