जेनजीको प्रदर्शन नियन्त्रण बाहिर गएपछि काठमाडौंमा कर्फ्यू आदेश जारी

  • Technology Khabar | २३ भाद्र २०८२, सोमबार
जेनजीको प्रदर्शन नियन्त्रण बाहिर गएपछि काठमाडौंमा कर्फ्यू आदेश जारी

काठमाडौं ।

जेनजीको प्रदर्शन नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यू आदेश जारी गरेको छ।

जेनजीले बानेश्वरमा रहेको संसदभवन परिसरमा प्रवेश गर्न खोजेका छन् र प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ। उक्त क्षेत्रका सडकहरु जेनजीले कब्जा गरेका छन्।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा अपरान्ह १२:३० बजेदेखि रातीको १० बजेसम्म बानेश्वर क्षेत्रमा कर्फ्यू लगाईएको उल्लेख छ।

आदेशअनुसार बानेश्वर चोकदेखी पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखी पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखी उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म, र बानेश्वर चोकदेखी दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यू आदेश जारी गरिएको छ।

सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ।

* हेडलाइन सम्पादित

प्रकाशित: २३ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...