स्टेम ओलम्पियाड सञ्चालन गर्ने संस्थाले पाउने अनुदानका लागि आवेदन खुला

  • Technology Khabar | २३ भाद्र २०८२, सोमबार
स्टेम ओलम्पियाड सञ्चालन गर्ने संस्थाले पाउने अनुदानका लागि आवेदन खुला

काठमाडौं ।

नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग वा गणित विषयसँग सम्बन्धित स्टेम ओलम्पियाड सञ्चालन गर्ने संस्थालाई अनुदान प्रदान गर्न आवेदन माग गरेको छ। मन्त्रालयले आज एक सूचना प्रकाशित गरी एक महिनाभित्र अनुदानको आवेदन दिन सम्बन्धित सबैलाई सूचित गरेको हो।

‘नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आ.व. २०८२ / ८३ को वार्षिक कार्यक्रम अनुसार कक्षा बाह्र / प्रवि प्रमाणपत्र तहसम्म अध्ययनरत विद्यार्थी सहभागिता गराउने उद्देश्यले वार्षिक रुपमा विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग वा गणित विषयसँग सम्बन्धित राष्ट्रियस्तरको ओलम्पियाड प्रतिष्पर्धा सञ्चालन गर्ने ओलम्पियाड संस्थालाई यस मन्त्रालयले प्रदान गर्ने अनुदान रकम प्राप्त गर्न “राष्ट्रियस्तरको विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग तथा गणित (STEM) विषयसँग सम्बन्धित ओलम्पियाड सञ्चालनसम्बन्धी कार्यविधि, २०८२” को अनूसुची २ बमोजिमको ढाँचामा मिति २०८२/०६/२२ सम्म कार्यालय समयभित्र मन्त्रालयमा निवेदन पेश गर्न यो सूचना प्रकाशन गरिएको छ’, सूचनामा भनिएको छ।

यस विषयमा थप जानकारी आवश्यक परे मन्त्रालयको वेबसाइट www.moest.gov.np बाट वा विज्ञान प्रविधि महाशाखामा सम्पर्क गरी प्राप्त गर्न सकिने मन्त्रायले जनाएको छ।

प्रकाशित: २३ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...