खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका सेवा अनलाइनबाटै

Technology Khabar २३ भाद्र २०८२, सोमबार

काठमाडौं ।

खाद्य उद्योग दर्ता सिफारिस, अनुमतिपत्र जारी तथा नवीकरण सेवा अबदेखि अनलाइनबाट गर्न सुरु भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सरकारी सेवालाई अनलाइनमार्फत सहज बनाउने उद्देश्यले खाद्य उद्योग दर्ता, सिफारिस, अनुमतिपत्र जारी र नवीकरणका सेवा अनलाइनमार्फत उपलब्ध गराउन थालेको हो।

विभागले खाद्य उद्योग दर्ता, अनुमतिपत्र जारी तथा नवीकरणका लागि ‘नेपाल फुड एन्ड फिड इन्डस्ट्री लाइसेन्सिङ सिस्टम (नेफिल्स)’ नामक अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ।

विभागका सेवालाई ‘पेपरलेस’ र ‘फेसलेस’ बनाउने उद्देश्यले यो प्रणाली खाद्य उद्योगी व्यवसायीको सहजताका लागि सञ्चालनमा ल्याइएको बताईएको छ।

विभागले ऐनमा भएको व्यवस्था अनुसार विभागबाट उपलब्ध हुने सेवालाई क्रमैसँग चुस्त, दुरुस्त बनाउन विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था रहेको छ। विभागले सोही व्यवस्थाबमोजिम सिफारिस लिनुपर्ने, खाद्य उद्योगले अनुमतिपत्र लिनुपर्ने र अनुमतिपत्रको नवीकरणको प्रक्रिया एवं मान्य अवधिको व्यवस्था गरिएको छ।

यसले उद्योगी व्यवसायीले घर तथा कार्यालयमै बसेर लगइन आइडी बनाई उद्योग दर्ता सिफारिस, अनुमतिपत्र जारी र नवीकरणका लागि आवश्यक कागजात नेफिल्समा भर्न सकिने जनाइएको छ ।

विभागका अनुसार यस प्रणाली देशभर नै लागु गर्ने विभागको योजना छ । हाल विभाग र विभाग अन्तर्गतको हेटौंडा कार्यालयबाट सेवा सुरु भएको भइसकेको जानकारी दिइयो  विराटनगर, जनकपुर, भैरहवा, सुर्खेत, नेपालगन्ज र धनगढीबाट पनि असोजको पहिलो हप्ताबाट सेवा सुचारु गर्ने गरी तयारी गरेको विभागले जनाएको छ।

प्रकाशित: २३ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया