Technology Khabar २३ भाद्र २०८२, सोमबार
काठमाडौं ।
एप्पलले सेप्टेम्बर ९ मा आयोजना गर्ने कार्यक्रममा नयाँ आईफोन र वाचहरू अनावरण गर्दे भएको छ। ब्रान्डले यस कार्यक्रममा प्रस्तुत गर्ने उत्पादनहरूको नाम नखुलाएको भए तापन टेक जायन्टले वाच सिरिज ११, वाच अल्ट्रा ३ र नयाँ वाच एसईसँगै आईफोन १७ लाइनअप अनावरण गर्ने अपेक्षा गरिएको छ।
गत वर्षको वाच सिरिज १० डिजाइन ओभरहालको साथ नआएको हुनाले वाच सिरिज ११ मा पनि चीजहरू फरक हुने सम्भावना नभएको उल्लेख गरिएको छ। यद्यपि, वाच सिरिज ११ को डिस्प्ले तर्फ एउटा अपग्रेड गरिने रिपोर्ट गरिएको छ।
ब्लूमबर्गका अनुसार, एप्पल वाच सिरिज ११ को स्क्रिन आफ्नो पूर्ववर्ती वाच सिरिज १० को १.९६ इन्चको डिस्प्ले भन्दा उज्यालो हुनेछ। साथै एप्पल वाच सिरिज ११ को स्क्रिनको अधिकतम ब्राइटनेस २,००० निट्स हुनेछ। एप्पलले वाच सिरिज ११ को लागि ब्यान्ड र रङ प्रस्तावहरू परिवर्तन गर्ने र वाच सिरिज १० को जेट ब्ल्याक कलर मोडेलमा भएका चिपिङ समस्याहरूलाई सम्बोधन गर्ने योजना बनाएको छ।
सन् २०२३ मा लन्च गरिएको वाच अल्ट्रा २ को उत्तराधिकारीको रुपमा अब एप्पल वाच अल्ट्रा ३ ले वाच सिरिज १० जत्तिकै ठूलो डिस्प्ले प्याक गर्ने अफवाह रहेको छ। वाच अल्ट्रा २ १.९२ इन्चको स्क्रिनको साथ आउने गरेको छ।
तेस्रो–जेन अल्ट्रा पनि नयाँ एस११ चिप, फाभइजी रेडक्याप कनेक्टिभिटी समर्थन र टेक्स्ट मेसेजिङको लागि स्याटेलाइट कनेक्टिभिटीको साथ आउने अफवाह गरिएको छ। त्यसैगरी वाच एसई लाई नयाँ डिस्प्ले र तीव्र चिपको साथ अपडेट गर्न सकिने सम्भावना रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २३ भाद्र २०८२, सोमबार