रोब्लक्सले टिकटकजस्तै छोटा भिडियो कन्टेन्ट एप्लिकेसन मोमेन्ट्स ल्याउँदै

Technology Khabar २३ भाद्र २०८२, सोमबार

रोब्लक्सले टिकटकजस्तै छोटा भिडियो कन्टेन्ट एप्लिकेसन मोमेन्ट्स ल्याउँदै

काठमाडौं ।

रोब्लक्सले शुक्रबार डेभलपर सम्मेलनमा छोटकरी भिडियो कन्टेन्ट एप्लिकेसन र क्रियटरहरूको आम्दानी वृद्धि गर्ने घोषणा गरेको छ। यसमार्फत प्लेटफर्ममा प्रयोगकर्ताको आकर्षण बढाउने र नयाँ प्रयोगकर्ता भित्र्याउने लक्ष्य राखिएको छ।

टिकटक शैलीको नयाँ एप “रोब्लक्स मोमेन्ट्स” हाल बीटा संस्करणमा उपलब्ध छ। यसले प्रयोगकर्तालाई गेमप्लेका क्लिप क्याप्चर, सम्पादन र साझा गर्ने सुविधा दिनेछ।

रोयटर्सका अनुसार यस एपमार्फत युट्युबजस्ता प्लेटफर्ममा रहेका अर्बौं भ्यु रोब्लक्स ले आफ्नै प्लेटफर्ममा ल्याउन सक्ने र अझ बढी प्रयोगकर्ता संलग्न गराउन सक्ने कम्पनीको विश्वास छ। जुन ३० मा समाप्त भएको त्रैमासिकमा रोब्लक्स का औसत दैनिक सक्रिय प्रयोगकर्ता १११.८ मिलियन पुगेका थिए।

केही वर्षयता रोब्लक्स ले गेमिङ प्लेटफर्मलाई ई–कमर्स, सामाजिक जमघट र विज्ञापनको केन्द्र बनाउन प्रयास गर्दै आएको छ। यसै वर्ष कम्पनीले नयाँ विज्ञापन ढाँचा र गुगलसँग सहकार्य गर्दै विज्ञापन व्यवसाय विस्तार गर्ने र क्रियटरहरूको आम्दानी बढाउने घोषणा गरेको थियो।

रोब्लक्स को व्यवसाय मोडेल प्रयोगकर्ताले खेल्दा वा खेल बनाउँदा प्रयोग गर्ने इन–गेम मुद्राको खरिदमा आधारित छ। यसले कम्पनीलाई नियमित कन्टेन्ट अपडेटमार्फत प्रयोगकर्तालाई प्लेटफर्ममा कायम राख्न मद्दत गर्छ।
डेभलपर सम्मेलनमा सीईओ डेभिड बासजुकीले क्रियटरहरूले कमाएको ‘रोबक्स’ पैसा बनाउन रूपान्तरण गर्दा ८.५ प्रतिशत बढी आम्दानी हुने घोषणा गरे।

उनले गत १२ महिनामा क्रियटर समुदायले १ अर्ब डलरभन्दा बढी कमाएको र १०० भन्दा बढी खेलले वार्षिक १ मिलियन डलरभन्दा बढी कमाइ गरेको जानकारी दिए।

Sajilo Visa

प्रकाशित: २३ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

China home to over 5,000 AI companies

  • Technology Khabar
  • २३ भाद्र २०८२, सोमबार