सामाजिक सञ्जाल प्लेटफर्महरु बन्द विरुद्धमा पत्रकारहरुको विरोध प्रदर्शन: हेर्नुहोस् तस्बिरमा

  • Technology Khabar | २२ भाद्र २०८२, आईतवार
सामाजिक सञ्जाल प्लेटफर्महरु बन्द विरुद्धमा पत्रकारहरुको विरोध प्रदर्शन: हेर्नुहोस् तस्बिरमा

काठमाडौं ।

सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरु बन्द गरेको विरुद्धमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज दिउँसो २ बजे काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन प्रदर्शन गरेका छन्।

उनीहरुले सरकारद्वारा फेसबुक, एक्स, यूट्युबलगायतका सामाजिक सञ्जालहरुमाथि लगाइएको प्रतिबन्धप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै दर्ता नभएको बहानामा सामाजिक सञ्जालमाथि लगाइएको यो प्रतिबन्धले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पुगेको ठहर गरेका छन्।

पत्रकार महासंघका २२ पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरूले नेपालको संविधानले धारा १७, १९ र २७ मार्फत प्रेस स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकको निर्बाध उपभोगको प्रत्याभूति गरेको स्पष्ट पार्दै संवैधानिक अधिकारलाई कुण्ठित गर्ने र नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गर्ने कार्य लोकतन्त्रका विश्वव्यापी मान्यताविपरीत र पूर्णरूपमा अस्वीकार्य भएको बताएका छन्।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित: २२ भाद्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...