हाम्रो पात्रोमा लगाएको प्रतिबन्ध फुकुवा, सामाजिक सञ्जाल प्लेटफर्मलाई सक्रिय बनाउन पठाईयो पत्र

Technology Khabar २२ भाद्र २०८२, आईतवार

हाम्रो पात्रोमा लगाएको प्रतिबन्ध फुकुवा, सामाजिक सञ्जाल प्लेटफर्मलाई सक्रिय बनाउन पठाईयो पत्र

काठमाडौं ।

सरकारले न्यूज एग्रिगेटरको रुपमा संचालनमा रहेको र हालै बन्द गराएको हाम्रो पात्रोमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले आजै सेवा प्रदायकहरुलाई पत्र पठाउँदै हाम्रो पात्रो इंक डटकम दर्ता हुन आएको जानकारी दिएको छ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले पत्रमा उक्त सामाजिक सञ्जाल प्लेटफर्म पुनः सक्रिय गराउन निर्देशन दिएको छ।

यसअघि नियामकले भदौ १९ गते हाम्रो पात्रोसहित २६ सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालमा निष्क्रिय गराउन निर्देशन दिएको थियो।

हाल उक्त सामाजिक सञ्जालसँग आबद्ध रहेको कम्पनी स्मार्ट आइडियाज प्रालि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता भएको भन्दै पुनः सक्रिय गराइदिन पत्रमा भनिएको छ।

“२०८२/०५/१९ को पत्र मार्फत नेपालमा सूचिकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरुलाई नेपालमा निष्क्रिय गराउने व्यवस्थाका लागि लेखि पठाईएकोमा श्री सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८२/०५/२० को पत्र मार्फत श्री Smart Ideas Pvt. Ltd. Affilitate of Hamro Patro Inc.com सिफल-७ काठमाडौं श्री सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचिकरण भएको हुँदा सो सामाजिक सञ्जाल प्लेटफर्म (Hamro Patro) लाई पुनः सक्रिय गराईदिनहुन निर्णयानुसार जानकारी गराइएको छ,” पत्रमा लेखिएको छ।

अब हाम्रो पात्रो बाहेक अन्य २५ ओटा सामाजिक सञ्जाल प्लेटफर्महरु अझै बन्द रहेका छन्।

प्रकाशित: २२ भाद्र २०८२, आईतवार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार