
काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको फेसबुक पोस्टमाथि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यंग्यात्मक टिप्पणी गरेका छन्।
‘सुनसरीको भोक्राहा नरसिंह गाउपालिकामा नेपाल उराँव संघको स्थापना दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको छु’ भन्ने देउवाको फेसबुक पोस्टमा बालेनले यो पोस्ट कुन भिपीएनबाट हो भन्दै प्रश्नसहितको टिप्पणी गरेका हुन्।
बालेनले लेखेका छन्, ‘यो Post कुन vpn बाट हो, नेपाली हो कि बिदेशी। ‘सारै गारो हुने रहेछ vpn बाट चलाउन त !!!’
प्रकाशित: २२ भाद्र २०८२, आईतवार