भारतमा जीएसटी घटेसँगै सेप्टेम्बर २२ देखि टेलिभिजनसहित एयर कन्डिसनर सस्तो हुने

  • Technology Khabar | २२ भाद्र २०८२, आईतवार
भारतमा जीएसटी घटेसँगै सेप्टेम्बर २२ देखि टेलिभिजनसहित एयर कन्डिसनर सस्तो हुने

काठमाडौं ।

भारत सरकारले हालै जीएसटीमा ठूलो परिवर्तन गरेको छ, जुन २२ सेप्टेम्बर २०२५ देखि लागू हुनेछ। अब करलाई सरलीकृत गरी दुई भागमा मात्र विभाजन गरिएको छ। यसले घरायसी सामानको मूल्यमा प्रत्यक्ष असर गर्नेछ।

विशेष गरी टिभी, एसी र डिशवाशर जस्ता वस्तुहरू अब पहिले भन्दा सस्तोमा उपलब्ध हुने भारतीय मिडिया रिपोर्टहरुमा उल्लेख छ।

पहिले टिभी, एसीमा २८ प्रतिशत जीएसटी लगाइएको थियो तर अब यसलाई १८ प्रतिशतमा झारिएको छ, भारत सरकारले यी वस्तुहरूमा कर घटाएर आम जनताको खल्तीमा पर्ने भार कम हुने र बजारमा खरिद बढ्ने बताएको छ।

आउँदै गरेका चाडपर्वहरूमा, कम्पनीहरू र ग्राहकहरू दुवैले अफर र छुटको लागि पर्खन्छन्। यस पटक, टिभी, एसी र अन्य इलेक्ट्रोनिक सामानहरूमा जीएसटी घटाइएका कारण, खरिद बढ्न सक्छ।

भारत सरकारले अन्य वस्तु तथा उपकरणहरुमा जीएसटी घटाएपनि मोबाइल फोनमा लाग्ने जीएसटीमा कुनै परिवर्तन गरेको छैन्। अहिले मोबाइल फोनको मूल्यमा कुनै कमी आउने छैन।

रिपोर्टअनुसार, स्मार्टफोन उद्योगले लामो समयदेखि कर घटाउन माग गर्दै आएको थियो, तर सरकारले यस क्षेत्रलाई राहत दिएन। मोबाइल उद्योगले कर १८ प्रतिशतबाट ५ प्रतिशतमा घटाउने आशा गरिरहेको थियो, जसले फोनको मूल्यमा उल्लेखनीय कमी ल्याउन सक्थ्यो, तर यो सरकारको लागि आम्दानीको ठूलो स्रोत हो।

प्रकाशित: २२ भाद्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार