Technology Khabar २१ भाद्र २०८२, शनिबार
काठमाडौं ।
सन् २०२५ को सेप्टेम्बर ७–८ मा लाग्ने “ब्लड मुन” भनेर चिनिने शानदार खग्रास चन्द्रग्रहणले विश्वभरका आकाश दर्शकहरूलाई मोहित पार्ने तयारीमा रहेको छ।
यो दुर्लभ खगोलीय घटनाको क्रममा, सूर्य र चन्द्रमाको बीचबाट पृथ्वी सिधै पास (जाने) हुने क्रममा चन्द्रमाको सतहमा छायाँ पार्नेछ र यसलाई आकर्षक रातो–सुन्तला चमक प्रदान गर्नेछ।
यो ग्रहण एशियाका धेरै देशहरूका साथै पश्चिमी अष्ट्रेलियामा पूर्ण रूपमा देखिनेछ भने युरोप, अफ्रिका, पूर्वी अष्ट्रेलिया र न्यूजील्याण्डका केही भागहरूले पनि घटनाको झलक देख्न सक्नेछन्।
यसलाई ‘ब्लड मून’ किन भनिन्छ?
पृथ्वीले सूर्य र चन्द्रमाको बीचमा आफ्नो स्थान बनाउँदा र चन्द्रमाको सतहमा पृथ्वीले आफ्नो छायाँ पार्दा चन्द्रग्रहण हुने गर्दछ। चन्द्रमा पृथ्वीको अम्ब्रल छायाँ (भित्री गाढा भाग) बाट जान्छ जसले गर्दा यो मधुरो र रातो हुने गर्दछ।
जब पृथ्वीको वायुमण्डलबाट गुज्रिरहेको सूर्यको प्रकाशले छोटो नीलो तरङ्ग लम्बाई छर्दछ र लामो रातो तरङ्ग लम्बाई चन्द्रमातिर मोडिन्छ जसलाई सिम्रिक रङ्गमा उज्यालो बनाउँछ। यही प्रकाश छरिएका कारण यो रातो रङ्गलाई ब्लड मुन प्रभाव भनिन्छ।
खग्रास चन्द्रग्रहण भारतमा कहाँ–कहाँबाट हेर्न सकिन्छः
यो ग्रहण वर्षौंमा सबैभन्दा व्यापक रूपमा देखिने मध्ये एक हो र यो पृथ्वीको रात्रि पक्षको कुनै पनि ठाउँबाट सफा आकाशमा अवलोकन गर्न सकिने छ। यो उत्तर र दक्षिण अमेरिकाको धेरैजसो भागमा देखिने छैन, तर विश्वको लगभग ८५ प्रतिशत जनसंख्याले यसको कम्तिमा केही भाग देख्न सक्नेछन्।
चन्द्रमा आकाशमा माथि हुने भएकाले यसलाई सजिलै देख्न सकिने छ। यसको लागि उत्तम ठाउँहरू जस्तै घरको छत, टेरेस, खेतहरू वा शहरको बत्तीहरूबाट टाढा पार्कहरू हुन सक्ने छन्। साथै पूर्ण प्रभावको लागि प्रकाश प्रदूषणबाट टाढा रहन आग्रह गरिएको छ।
भारतमा पूर्ण चन्द्रग्रहणको समयः
ग्रहणको पूर्ण चरण ८२ मिनेटको हुनेछ, जसले यसलाई दशकको सबैभन्दा शानदार चन्द्रग्रहणहरू मध्ये एक बनाउँछ भनि एनडीटिभीले रिपोर्ट गरेको छ।
भारतमा ब्लड मून कसरी हेर्ने?
प्रकाशित: २१ भाद्र २०८२, शनिबार