Technology Khabar २१ भाद्र २०८२, शनिबार
काठमाडौं ।
सन् २०२५ मा स्लिम फोनहरू ट्रेन्ड बन्न लागेको अवस्थामा जेडटीईले नुबिया एयर घोषणा गरेको छ। फोनको मुख्य विशेषता पातलो बडी हो जुन केवल ६.७ एमएम पातलो भएको र यसको मिडफ्रेममा सबैभन्दा पातलो बिन्दु ५.९ एमएम मापन गरिएको बताइएको छ।
फोनको तौल १७२ ग्राम रहेको छ र पातलो शरीरको बावजुद नुबिया एयरलाई धुलो र प्रेसराइज्ड हट वाटर जेटहरू विरुद्ध आईपी६८/आईपी६९के मूल्याङ्कन गरिएको छ।
यो डिभाइसमा १,२२४ × २,७२०पीएक्स रिजोल्युसन र १२०हर्ज रिफ्रेस रेटको साथ ६.७८–इन्च एएमओएलईडी समावेश गरिएको छ। यसले ४,५०० निट्स पीक ब्राइटनेस र गोरिल्ला ग्लास ७आई सुरक्षा प्रदान गर्दछ। साथै पञ्च होल–कटआउटमा इम्बेड गरिएको २० मेगापिक्सेलको सेल्फी क्यामराको साथमा डिभाइसको तल्लो छेउमा इन–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर पनि उपलब्ध रहेको छ।
डिभाइसको पछाडिको भागमा ५० मेगापिक्सेलको मुख्य क्यामरा, २ मेगापिक्सेलको डेप्थ हेल्पर र ०.०८ मेगापिक्सेलको सहायक लेन्स रहेको छ। त्यसैगरी आन्तरिक भागमा युनिसोक टी८३०० चिपसेट रहेको छ जुन ८ जीबी र्याम र २५६ जीबी स्टोरेजसँग जोडिएको छ। साथै डिभाइसमा रहेको ५,००० एमएएच ब्याट्रीले ३३ वाट चार्जिङ सर्मथन गर्ने जनाइएको छ।
नुबिया एयर टाइटेनियम ब्ल्याक, स्ट्रिमर ब्ल्याक र टाइटेनियम डेजर्ट रङ्गहरूमा आउने बताइएको छ। यो पहिले युरोपमा २५० यूरोमा लन्च हुँदैछ भने त्यसपछि दक्षिणपूर्व एशिया, ल्याटिन अमेरिका र मध्य पूर्वमा व्यापक रोलआउट गरिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २१ भाद्र २०८२, शनिबार