गुगलको सर्कल टु सर्चले अब स्क्रोल गर्दा ट्रान्सलेट गर्ने

  • Technology Khabar | २१ भाद्र २०८२, शनिबार
गुगलको सर्कल टु सर्चले अब स्क्रोल गर्दा ट्रान्सलेट गर्ने

काठमाडौं ।

सर्कल टु सर्च सुरुमा प्रस्तुत गरिएदेखि नै गुगलको लागि चर्चित (हिट) सावित भएको छ। सर्कल टु सर्च सुरुमा सामसङको ग्यालेक्सी एस२४ सिरिजबाट प्रस्तुत गरिएको थियो। कम्पनीले अब सर्कल टु सर्चमा एउटा उपयोगी नयाँ सुविधा थपेको छ।

यसले प्रयोगकर्तालाई स्क्रोल गर्दा वा एपहरू स्विच गर्दा पनि चीजहरू ट्रान्सलेट (अनुवाद) गर्न दिनेछ। सर्कल टु सर्च सुरु गर्न होम बटन वा नेभिगेसन बारमा लङ्ग–प्रेस (लामो समयसम्म थिच्नु) गर्नु पर्नेछ र ट्रान्सलेट आइकनमा ट्याप गरेर त्यसपछि “स्क्रोल र ट्रान्सलेट” प्रेस (थिचेर) प्रयोग गर्न सकिने छ।

त्यसपछि पेज (पृष्ठ) लाई तल स्क्रोल गर्न सकिने वा एपहरू स्विच गर्न सकिनेछ र प्रयोगकर्ताले देख्ने टेक्स्टलाई कुनै पनि अवरोध बिना ट्रान्सलेट (अनुवाद) गर्न जारी रहने उल्लेख गरिएको छ।

यो धेरै सानो सुधार भए तापनि यो निकै स्वागतयोग्य कार्य भएको उल्लेख गरिएको छ। ‘ट्रान्सलेसन’ सर्कल टु सर्चमा सबैभन्दा धेरै प्रयोग हुने सुविधाहरू मध्ये एक भएको गुगलले बताएको छ। “सेलेक्ट सामसङ डिभाइसहरू” बाट सुरु हुँदै नयाँ सुविधा यस हप्ता एन्ड्रोइडमा रोल आउट हुन थाल्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २१ भाद्र २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार