Technology Khabar २० भाद्र २०८२, शुक्रबार
काठमाडौं ।
नेपाल सरकारको निर्णय बमोजिम नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरु निष्क्रिय भएसँगै नेपाल टेलिकमको ग्राहक जिज्ञासा र गुनासाहरुको सम्बोधन कार्य प्रभावित हुन गएको छ।
कम्पनीले यसअघि फेसबुक र च्याटमार्फत सेवा दिँदै आएको थियो। अब कम्पनीले उक्त सेवा भाइबर कम्युनिटीमार्फत दिने भएको हो।
कम्पनीले सार्वजनिक सूचनामार्फत नेपाल सरकारको निर्णय बमोजिम नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरु निष्क्रिय भएको अवस्थामा उक्त सञ्जालहरु प्रयोग गरी नेपाल टेलिकमले गर्दै आएको ग्राहक जिज्ञासा र गुनासाहरुको सम्बोधन कार्य प्रभावित हुन गएको बताएको छ।
“यसै सन्दर्भलाई मध्यनजर गर्दै कम्पनीले ९७६५०११०८८ नम्बरमा ‘Nepal Telecom Customer Care’ नामको भाइबर कम्युनिटी (Viber Community) सञ्चालन गरेकोले आफ्ना जिज्ञासा तथा गुनासाको समाधानका लागि उक्त भाइबर कम्युनिटीमा जोडिनुहुन सम्पूर्ण ग्राहक महानुभावमा अनुरोध छ,” सूचनामा भनिएको छ।
प्रकाशित: २० भाद्र २०८२, शुक्रबार