सेवा लिँदा बुझाउनुपर्ने शुल्क अनलाइन भुक्तानी गर्नुस्: त्रिवि परीक्षा नियन्त्रण कार्यालय

  • Technology Khabar | २० भाद्र २०८२, शुक्रबार
सेवा लिँदा बुझाउनुपर्ने शुल्क अनलाइन भुक्तानी गर्नुस्: त्रिवि परीक्षा नियन्त्रण कार्यालय

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयको शुल्क अब अनलाइनबाट तिर्न सकिने भएको छ।

परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै विद्यार्थीहरुले सेवा लिन बुझाउन पर्ने शुल्क अनलाइन मार्फत भुक्तानी गर्नका लागि सूचित गराएको छ।

पछिल्लो समय केही विद्यार्थीहरु परीक्षा नियन्त्रण कार्यालय बल्खुमै भौतिक रुपमा उपस्थित भएर बैंक भौचर बुझाउँदै आएको देखिएको हुनाले परीक्षा नियन्त्रण कार्यालयले अब उप्रान्त सम्बन्धित विद्यार्थीहरुले सेवा लिन बुझाउन पर्ने शुल्क अनलाइन मार्फत भुक्तानी गर्नका लागि सूचित गराएको हो।

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुबाट प्रवाह हुने सेवाहरु मध्ये ट्रान्सष्ट्रिप्ट परीक्षा फाराम, रजिष्ट्रेशन, नामथर सच्याउने, प्रोभिजनल सर्टिफिकेट, रिटोटलिङ्ग, दीक्षान्त समारोह सम्बन्धी आवेदन फारामहरु भर्ने भराउने र सो को शुल्क भुक्तानी अनलाइनका माध्यमबाट हुँदै आएको व्यहोरा अवगत गराएको छ।

परीक्षा नियन्त्रण कार्यालयले सम्बन्धित विद्यार्थीहरुले माथि उल्लेखित सेवा लिन बुझाउन पर्ने शुल्क आ–आफ्नो पोर्टल (अनलाइन मार्फत) भुक्तानी गर्नका लागि भनेको हो।

“अन्यथा परीक्षा नियन्त्रण कार्यालय, बल्खुको बैंक काउण्टरमा उक्त भौचर बुझिलिन बाध्य नहुने व्यहोरा समेत जानकारी गराइन्छ,” सूचनामा भनिएको छ।

प्रकाशित: २० भाद्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार