Technology Khabar २० भाद्र २०८२, शुक्रबार
काठमाडौं ।
सामसङ ग्यालेक्सी एस२५ एफईले बर्लिनमा आईएफएमा आधिकारिक रूपमा डेब्यू गरेको छ। एस२४ एफई जस्तै देखिने यो डिभाइस ठूलो ब्याट्री र अन्य सुधारहरूसँग आएको उल्लेख गरिएको छ। फोनले एन्ड्रोइड १६–आधारित वान यूआई ८ आउट–अफ–द–बक्स चलाउँछ र सात वर्षको ओएस अपडेट र सुरक्षा प्याचहरूको लागि वाचा प्रदान गरेको छ।
ग्यालेक्सी एस२५ एफई ४ एनएम एक्सिनोस २४०० एसओसीद्वारा संचालित छ र ८ जीबी र्याम र ५१२ जीबी सम्मको अनबोर्ड स्टोरेजको साथ उपलब्ध छ। यो डिभाइस एस२४ एफईको तुलनामा १० प्रतिशत ठूलो भेपर चेम्बरको साथ आउँछ। फोनले अलि ठूलो ४,९०० एमएएच ब्याट्री पनि प्याक गरेको र अब ४५ वाट चार्जिङलाई समर्थन गर्नेछ।
फोनको अगाडि, फुल एचडीं रिजोल्युसन, १,९०० निट्सको पीक ब्राइटनेस र १२०हर्जको रिफ्रेस रेट भएको ६।७ इन्चको डायनामिक एएमओएलईडी २एक्स एलटीपीएस डिस्प्ले रहेको छ। साथै इन–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर र अपग्रेड गरिएको १२ मेगापिक्सेलङ्गो फ्रण्ट फेसिङ्ग क्यामरा पनि उपलब्ध रहेको छ।
ग्यालेक्सी एस२५ एफईमा ट्रिपल रियर क्यामरा सेटअप रहेको छ जुन गत वर्षको मोडेल जस्तै सेन्सरहरू प्रयोग गरिरहेको देखिन्छ। उक्त ट्रिपल रियर क्यामरा सेटअपमा एफ/१।८ लेन्स र ओआईएस सहितको प्राथमिक ५० मेगापिक्सेलको सेन्सर, १२३ डिग्री एफओभी सहितको १२ मेगापिक्सेलको एफ/२।२ अल्ट्रावाइड क्यामरा र एफ/२।४ लेन्स र ओआईएस सहितको ८ मेगापिक्सेल ३× टेलिफोटो युनिट रहेका छन्।
सामसङ ग्यालेक्सी एस२५ एफईको स्वेल्ट ७।४ एमएम बडी पानी र धुलो सुरक्षाको लागि आईपी६८ रेटिङ प्रमाणित गरिएको छ। डिभाइसको अगाडि र पछाडि कर्निङ्गको गोरिल्ला ग्लास भिक्टसं को साथमा आर्मर एल्युमिनियम फ्रेम रहेको छ जुन सामसङले पहिले भन्दा बलियो भएको दाबी गरेका छ।
सामसङको नयाँ ग्यालेक्सी एस२५ एफईमा ब्लुटुथ ५।४, वाई–फाई ६ई को साथमा जेमिनी लाइभ, प्रोभिजुअल इन्जिन, नाउ बार, सर्कल टु सर्च, जेनेरेटिभ एडिट, पोट्र्रेट स्टुडियो, अडियो इरेजर र इन्स्ट्यान्ट स्लो–मो जस्ता एआई सुविधाहरू प्रदान गरिएका छन्। फोनले वायरलेस र रिभर्स वायरलेस चार्जिङलाई पनि समर्थन गर्दछ।
सामसङ ग्यालेक्सी एस२५ एफई आईसीब्लू, जेटब्ल्याक, नेभि, र व्हाइट गरी चारओटा रङ विकल्पहरूमा उपलब्ध छ। यो फोन ८जीबी/१२८जीबी भेरियन्टको लागि ७४९ यूरो ९८७५ अमेरिकी डलर० बाट मूल्य सुरु हुन्छ। त्यसैगरी ८जीबी/२५६जीबी विकल्पको मूल्य ८०९ यूरो ९९४५ अमेरिकी डलर० कायम गरिएको छ भने ८जीबी/५१२जीबी मोडेलको मूल्य ९२९ यूरो ९१०८४ अमेरिकी डलर० हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २० भाद्र २०८२, शुक्रबार