इन्फिनिक्स एक्सप्याड २० प्रो हेलियो जी१०० सार्वजनिक, यस्ता छन् विशेषता

Technology Khabar २० भाद्र २०८२, शुक्रबार

इन्फिनिक्स एक्सप्याड २० प्रो हेलियो जी१०० सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं ।

इन्फिनिक्सले एक्सप्याड २० प्रो हेलियो जी१०० एसओसी र फोरजी एलटीई बिल्ट–इनको साथ आधिकारिक रुपमा अनावरण गरेको छ। ब्रान्डले गत मे महिनाको अन्त्यमा एक्सप्याड २० लन्च गरेको थियो। एक महिना अघि केही सर्टिफिकेसनहरूमा देखा परेको प्रो मोडेललाई अब थाइल्याण्डमा शोपी द्वारा सूचीबद्ध गरिएको छ।

एक्सप्याड २० प्रोमा ९० हर्ज रिफ्रेस रेट र ४५०–निट पीक ब्राइटनेस भएको १२ इन्चको २०००×१२०० आईपीएस एलसीडी टचस्क्रिन समावेश गरिएको छ। डिभाइसमा मिडियाटेक हेलियो जी१०० अल्टिमेट एसओसी, ८जीबी एलपीडीडीआर४एक्स र्याम, २५६जीबी यूएफएस २.२ स्टोरेज रहेको छ जुन माइक्रोएसडी कार्ड स्लटमार्फत १टीबी सम्म विस्तार गर्न सकिने छ।

त्यसैगरी ट्याब्लेटमा अटोफोकस भएको ८ मेगापिक्सेलको रियर क्यामरा, ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ। फोरजी एलटीई बिल्ट–इन ट्याब्लेटमा १८ वाट वायर्ड चार्जिङको लागि समर्थन भएको ८,००० एमएएच ब्याट्री समावेश गरिएको छ।

ट्याब्लेट एन्ड्रोइड १५ मा चल्ने बताइएको छ र यसको मूल्य ३४० अमेरिकी डलर कायम गरिएको छ भने हाल केवल २२५ अमेरिकी डलरमा बिक्री भइरहेको जनाइएको छ। यो ट्याब्लेट टाइटेनियम ग्रे र मिस्ट ब्लू रङ्गमा उपलब्ध हुनेछ। एक्सप्याड २० प्रो केवल ६.५८ एमएम बाक्लो भएको र क्वाड स्पिकरहरू समावेश गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

Sajilo Visa

प्रकाशित: २० भाद्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार