नेटफ्लिक्सले मोमेन्ट्स सुविधा अपडेट गर्यो; चलचित्र र कार्यक्रमहरूबाट उत्कृष्ट भागहरू साझा गर्न सजिलो हुने

  • Technology Khabar | २० भाद्र २०८२, शुक्रबार
नेटफ्लिक्सले मोमेन्ट्स सुविधा अपडेट गर्यो; चलचित्र र कार्यक्रमहरूबाट उत्कृष्ट भागहरू साझा गर्न सजिलो हुने

काठमाडौं ।

नेटफ्लिक्सले मोमेन्ट्स सुविधा अपडेट गरेको छ। अब चलचित्र र कार्यक्रमहरूबाट उत्कृष्ट भागहरू साझा गर्न सजिलो हुने  भएको छ।

धेरै चलचित्रहरू र टिभी कार्यक्रमहरू तिनीहरूको मिमेबिलिटीको आधारमा बाँच्ने वा मर्ने गर्दछन् र नेटफ्लिक्सलाई यो कुरा राम्ररी थाहा छ।

उदाहरणका लागि, वेनसडे को नृत्य दृश्यको युट्यूबमा मात्रै ७ करोड भन्दा बढी भ्यूहरू छन्। तर नेटफ्लिक्ससँग भने क्लिपहरू सिर्जना र साझेदारी गर्ने आफ्नै तरिका छ।

नेटफ्लिक्सले गत वर्ष बुकमार्क सुविधाको रुपमा मोमेन्ट्स भनिने सुविधा प्रस्तुत गरेको थियो। कम्पनीले अब, मोमेन्ट्सलाई अपडेट गर्दै प्रयोगकर्ताहरूलाई स्टार्ट र इण्ड पोइण्ट दुवै सेट गर्न अनुमति दिने भएको छ। यो अपडेटसँगै अब सर्ट (छोटो) क्लिप सिर्जना गर्न सकिने छ र मोमेन्ट्सहरू साझेदारी गर्न (जुन भाइरल हुन वा नहुन सक्छ) सकिनेछ।

अहिले यो अपडेटलाई रिलिज गर्नु कुनै संयोग नभएको र वेनसडे को दोस्रो सिजनको भाग २ पनि सँगै आउन लागेको बताइएको छ। त्यसैगरी केपप डेमन हन्टर्स को गीत “सोडा पप” नेटफ्लिक्स मा सबैभन्दा लोकप्रिय मोमेन्ट बनेको उल्लेख गरिएको छ।

प्रयोगकर्ताहरूले मोबाइल एप प्रयोग गरेर (एन्ड्रोइड वा एप्पल, फोन वा ट्याब्लेट) सबैमा मोमेन्ट्स सिर्जना गर्न सक्नेछन्। क्लिप बटन थिचेर स्टार्ट पोइण्ट सेट गर्न सकिनेछ भने इण्ड पोइण्ट  छानेर सेभ गर्न सकिने छ। माई नेटफ्लिक्स ट्याबमा मोमेन्ट भेटाउन सकिनेछ र यसलाई चाहेको खण्डमा जति पटक पनि पुनः हेर्न सकिनेछ। साथै यसलाई अरूसँग साझा गर्न पनि सकिने छ।

यद्यपि, मोमेन्ट्सहरू नेटफ्लिक्सको सदस्यता लिएका व्यक्तिहरूले मात्र हेर्न सक्नेछन् भनि जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २० भाद्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार