Technology Khabar २० भाद्र २०८२, शुक्रबार
काठमाडौं ।
इन्स्टाग्रामले अन्ततः आफ्नो आईप्याड एप लन्च गरेको छ। आईप्याडको लागि इन्स्टाग्राम अब विश्वव्यापी रूपमा आईप्याडओएस १५.१ र पछिल्ला संस्करणहरूमा रोल आउट हुने उल्लेख गरिएको छ। साथै नयाँ ट्याब्लेट डिजाइन चाँडै एन्ड्रोइडमा आउने बताइएको छ।
कम्पनीले “मानिसहरूले केही समयदेखि आईप्याडमा यस एपको लागि माग गरिरहेको” भनेर उल्लेख गरेको छ। साथै यसले ठूलो स्क्रिनको लागि मनपर्ने इन्स्टाग्रामका भागहरूलाई अप्टिमाइज (अनुकूलन) गर्ने अनुभवको डिजाइन गर्न समय लिएको जनाइएको छ।
फिडलाई अब इन्स्टाग्रामको मनपर्ने भागहरूमा समावेश नगरिएको र यो ट्याब्लेटको बीचमा मात्र देखिने बताइएको छ। आईफोनहरूको तुलनामा आईप्याडहरूको आस्पेक्ट रेसियोहरू वास्तवमा धेरै फरक हुने र सबै ठाउँ भर्न गाह्रो हुने भएकोले इन्स्टाग्रामले आईप्याडमा एप लन्च गर्न केही ढिलाइ गरेको हुन सक्ने उल्लेख गरिएको छ।
यो एप खोल्ने बित्तिकै सिधै रिल्स देखा पर्नेछ र मनपर्ने मनोरञ्जनात्मक सामग्री ठूलो स्क्रिनमा हेर्न सकिने छ। साथै अपेक्षा गरेअनुसार स्टोरिजहरू शीर्षमा हुनेछन् भने म्यासेजिको मात्र एक ट्यापको आवश्यकता पर्नेछ।
आईप्याडमा एउटा नयाँ “फलोइङ” ट्याब पनि उपलब्ध हुने बताइएको छ जसमा अल, फ्रेण्डस् र ल्याटेस्ट गरी तीनओटा विकल्पहरू रहेका छन्। अल (तपाईंले फलो गर्ने खाताहरूबाट सिफारिस गरिएका पोस्टहरू र रिलहरू), फ्रेण्डस् (तपाईंले फलो गर्ने खाताहरूबाट सिफारिस गरिएका पोस्टहरू र रिलहरू, जसले तपाईंलाई फलो ब्याक गर्छ) र ल्याटेस्ट पछिल्लो (तपाईंले फलो गर्ने खाताहरूबाट क्रमिक रुपमा पोस्टहरू र रिलहरू, सबैभन्दा पछिल्ला पोस्टहरू शीर्षमा देखा पर्ने) उल्लेख गरिएको छ।
रीलहरू हेर्दा, रिल “फूल साइज” मा रहनुका साथै कमेण्टहरू विस्तार गर्न सकिने बताइएको छ जुन आस्पेक्ट रेसियोको दुर्लभ फाइदा भएको र यसले एपको यूआईमा धेरै खाली ठाउँ सिर्जना गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २० भाद्र २०८२, शुक्रबार