सामसङको २एनएम एक्जिनोस २६०० चिपसेट ठूलो मात्रामा उत्पादनको लागि तयार

Technology Khabar २० भाद्र २०८२, शुक्रबार

सामसङको २एनएम एक्जिनोस २६०० चिपसेट ठूलो मात्रामा उत्पादनको लागि तयार

काठमाडौं ।

सामसङको एक्सिनोस २६०० चिपसेट २एनएम प्रोसेस (प्रक्रिया) प्रयोग गरेर बनाइएको विश्वको पहिलो मोबाइल एसओसी हुनेछ। साथै कम्पनीले यस बारे पहिले नै पुष्टि गरिसकेको छ। केही दिन अघि गीकबेन्चमा यस चिपसेटले स्कोर सुधार गरेको पनि देखा परिसकेको छ र अब सामसङको गृहनगर कोरियाबाट आएको नयाँ रिपोर्टले चिप अब ठूलो मात्राको उत्पादनको लागि तयार भएको दाबी गरेको छ।

सामसङले आगामी ग्यालेक्सी एस२६ परिवारका केही वा सबै सदस्यहरूमा यस चिपसेटलाई प्रयोग गर्ने वा नगर्ने भन्ने बारेमा निर्णय गरिरहेको उल्लेख गरिएको छ। यो निर्णय यस वर्षको चौथो त्रैमासिक (अक्टोबरदेखि डिसेम्बरसम्म) मा मात्र लिइने बताइएको छ।

एक्सिनोस २६०० ले सामसङको प्रमुख स्ल्याब–शैलीको स्मार्टफोन लाइनमा एक्सिनोसको फिर्ताको संकेत गर्नेछ भनि यस अघि नै सुन्नमा आएका थिए। यदि कम्पनीले यो मार्गमा जाने निर्णय गरेको खण्डमा भने, एक्सिनोस २५०० को निराशाजनक पर्फर्मेन्स पछि यो इन–हाउस एसओसी लाइनको लागि ठूलो जित हुनेछ।

एक्सिनोस २६०० कम्तिमा केही ग्यालेक्सी एस२६ डिभाइसहरूमा केही स्थानहरूमा प्रयोग हुने सम्भावना धेरै भएको उद्योग स्रोतहरूले खुलासा गरेका छन्। विशेष गरी नयाँ “हिट पास ब्लक” थप्दा चिपमा अवस्थित हिट जेनेरेसन इस्यू (ताप उत्पादन समस्याहरू) समाधान हुने अपेक्षा गरिएको छ र यो कम्पोनेन्टले हिट सिङ्क जस्तै काम गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

Sajilo Visa

प्रकाशित: २० भाद्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया