भिभो वाई५०० ले डेब्यू गर्यो; फोनमा ८,२००एमएएच ब्याट्री, आईपी६९ रेटिङ र डाइमेन्सिटी ७३०० समावेश

Technology Khabar २० भाद्र २०८२, शुक्रबार

भिभो वाई५०० ले डेब्यू गर्यो; फोनमा ८,२००एमएएच ब्याट्री, आईपी६९ रेटिङ र डाइमेन्सिटी ७३०० समावेश

काठमाडौं ।

भिभोको वाई–सिरिज अन्तर्गको ब्रान्ड–न्यू वाई५०० ले अन्ततः आफ्नो डेब्यू गरेको छ। नयाँ डिभाइसले विशाल ८,२००एमएएच सेल सँगै विशाल ब्याट्री क्षमता भएका चिनियाँ मिडरेञ्जरहरूको प्रवृत्तिलाई जारी राखेको छ।

साथै डाइमेन्सिटी ७३०० चिपमा पनि अपडेट गरिएको फोनले अब पानी र धुलो विरुद्ध आईपी६८-आईपी६९ रेट प्राप्त गरेको छ। त्यसैगरी वाई–सिरिज डिभाइसहरू चीनमा भिभोका सबैभन्दा धेरै बिक्री हुने डिभाइसहरू हुन्। चिप र ब्याट्री अपग्रेड बाहेक भिभोले वाई५०० लाई टिकाउपनको हिसाबले पनि उत्कृष्ट भएको दावी गरेको छ।

फोनले २४ घण्टाभन्दा बढी समयको लागि १.५ मिटर गहिरो पानीमा डुब्ने, प्रेसराइज्ड वाटर जेट र ८० डिग्री सेल्सियस सम्मको तापक्रमलाई सम्हाल्न सक्ने उल्लेख गरिएको छ।

डिभाइसमा इन्टर्नल शक अबजर्भर्सको साथमा भिभोको ३६०–डिग्री ड्रप कुशनिङ डिजाइन पनि रहेको छ। साथै वाई५०० मा ६.७७–इन्च एएमओएलईडी (एफएचडी+ १२०हर्ज) को लागि डाइमण्ड शिल्ड ग्लास सुरक्षा रहेको छ।

वाई५०० भित्र रहेको ८,२००एमएएच सिलिकन कार्बन ब्याट्री ८४७वाटआवर-एल को इनर्जि डेन्सिटी मूल्याङ्कनको साथ आउँदछ। भिभोका अनुसार यो १८.४ घण्टा भन्दा बढी निरन्तर प्रयोगको लागि पर्याप्त हुनेछ।

वाई५०० मा ९० वाट वायर्ड चार्जिङ पनि उपलब्ध रहेको छ जसमा हाई करेन्ट, भोल्टेज र डिभाइसको तापक्रम विरुद्ध २४–स्तरको चार्जिङ सुरक्षा रहेको छ।

क्यामराको सन्दर्भमा, वाई५०० मा एफ/१.८ एपर्चर भएको ५० मिलियन मेन शूटर र २ मेगापिक्सेलको डेप्थ हेल्पर समावेश गरिएको छ। अगाडिको भागमा भने पञ्च होल कटआउटमा ८ मेगापिक्सेलको फ्रन्ट–फेसिङ शूटर समावेश गरिएको छ। फोनमा एन्ड्रोइड १५ मा आधारित ओरिजिनओएस ५ रहेको छ।

भिभो वाई५०० ग्लेशियर ब्लू, ड्र्यागन क्रिस्टल पाउडर र कालो रङ्गहरूमा आउँदछ। डिभाइसको ८/१२८जीबी संस्करणको मूल्य १,३९९ चिनियाँ युआन (१९६ अमेरिकी डलर) बाट सुरु हुन्छ भने टप–टियर १२/५१२जीबी ट्रिमको मूल्य १,९९९ चिनियाँ युआन (२८० अमेरिकी डलर) कायम गरिएको छ।

चीनमा डिभाइसको खुला बिक्री सेप्टेम्बर ५ को लागि निर्धारित गरिएको छ। वाई५०० विश्वव्यापी बजारमा भने कहिले आउँनेछ भन्ने बारे कुनै जानकारी उपलब्ध नभएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

भिभो वाई५०० को पूर्ण मूल्य विवरणः
८जीबी + १२८जीबीः १,३९९ चिनियाँ युआन (१९० अमेरिकी डलर)
८जीबी + २५६जीबीः १,५९९ चिनियाँ युआन ( २२० अमेरिकी डलर)
१२जीबी + २५६जीबीः १,७९९ चिनियाँ युआन (२५० अमेरिकी डलर)
१२जीबी + ५१२जीबीः १,९९९ चिनियाँ युआन (२८० अमेरिकी डलर)

Sajilo Visa

प्रकाशित: २० भाद्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया