ह्वावे मेट एक्सटीएस किरिन ९०२० र अपडेट गरिएको ४० मेगापिक्सेल अल्ट्रावाइड क्यामको साथ घोषणा गरियो

Technology Khabar १९ भाद्र २०८२, बिहीबार

ह्वावे मेट एक्सटीएस किरिन ९०२० र अपडेट गरिएको ४० मेगापिक्सेल अल्ट्रावाइड क्यामको साथ घोषणा गरियो

काठमाडौं ।

ह्वावेले मेट एक्सटीएस किरिन ९०२० र अपडेट गरिएको ४० मेगापिक्सेल अल्ट्रावाइड क्यामको साथ घोषणा गरेको छ। ह्वावेको दोस्रो ट्राई–फोल्ड मेट एक्सटीएसले आफ्नो पूर्ववर्ती भन्दा केही सामान्य अपडेटहरू मात्र ल्याएको उल्लेख गरिएको छ। डिजाइन गत वर्ष देखि अपरिवर्तित रहेको छ भने दुई मोडेलहरूलाई छुट्याउने एक मात्र नयाँ तरिका भनेको मेट एक्सटीएसमा नयाँ बैजनी र सेतो रङ्गहरू रहेको बताइएको छ।

मेट एक्सटीएसमा ३के रिजोल्युसन र ९० हर्ज रिफ्रेस रेटको साथ १०.२–इन्च फोल्डिङ्ग एलटीपीओ ओएलईडी डिस्प्ले रहेको छ। प्यानलमा १६ः११ आसपेक्ट रेसियो छ जसले तीन सामान्य फोन एपहरूलाई छेउमा समायोजन गर्दछ र यसले १,८०० निट्स सम्मको पिक ब्राइटनेस प्रदान गर्दछ। साथै डिभाइसले यसको आफ्नो पूर्ववर्तीबाट स्टाइलस समर्थन पनि कायम राखेको छ।

यो डिभाइस डुअल स्क्रिन मोडमा फोल्ड गर्दा ७.९–इन्च हुने र थप आरामदायी वान–ह्याण्ड एक्सपिरियन्सको लागि पूर्ण रूपमा फोल्ड गर्दा ६.४ इन्चमा संकुचित हुनेछ। त्यसैगरी डिभाइस पूर्ण रूपमा खोल्दा मात्र ३.८ एमएम स्लिम (पातलो) हुने र फोल्ड गर्दा १२.८ एमएम हुने बताइएको छ भने डिभाइसको तौल २९८ ग्राम रहेको छ।

डिभाइसको क्यामरा प्रणालीले अपग्रेड गरिएको ४०मेगापिक्सेलको अल्ट्रावाइड लेन्स (१३ एमएम) प्राप्त गरेको छ। साथै यो ५०मेगापिक्सेलको मुख्य शूटर (२४ एमएम) सँग जोडिएको छ जसमा भेरियबल एफ÷१.४ – एफ÷४.० एपर्चर र १२मेगापिक्सेलको पेरिस्कोप लेन्स (१२५ एमएम) रहेको छ। गत वर्षको मोडेलमा पनि यी क्यामरा प्रणालीहरु रहेका थिए।

मेट एक्सटीएसमा थपिएको अर्को नयाँ कुरा भनेको किरिन ९०२० चिपसेट हो जसले मूल मेट एक्सटीको किरिन ९०१० लाई प्रतिस्थापन गर्दछ। यो उही एसओसी भएको र यो पुरा ८०प्रो+ र ८० अल्ट्रामा पनि समावेश गरिएको बताइएको छ। ह्वावेले यो नयाँ चिपसेट किरिन ९०१० भन्दा ३६ प्रतिशत छिटो पर्फर्मेन्स प्रदान गर्ने दाबी गरेको छ। सबै मेट एक्सटी मोडेलहरू १६ जीबी र्यामको साथ आउँदछन् भने १ टीबी सम्मको स्टोरेजको साथ कन्फिगर योग्य रहेका छन्।

सफ्टवेयर पक्ष हार्मोनीओएस ५.१ द्वारा कभर गरिएको छ भने डिभाइसमा ५,६०० एमएएच रहेको ब्याट्रीले ६६ वाट वायर्ड, ५० वाट वायरलेस र ७.५ वाट रिभर्स वायरलेस चार्जिङ्गको लागि समर्थन गर्दछ।

ह्वावे मेट एक्सटीहरू कालो, रातो, बैजनी र सेतो रङ्गहरूमा आउँछन्। चीनमा डिभाइसको १६/२५६ जीबी संस्करणको मूल्य १७,९९९ चिनियाँ युआन (२,५२० अमेरिकी डलर) बाट सुरु हुने बताइएको छ। साथै १६/५१२ जीबी मोडेलको मूल्य १९,९९९ चिनियाँ युआन (२,८०० अमेरिकी डलर) र उच्च–स्तरीय १६ जीबी र्याम र १ टीबी स्टोरेज संस्करणको मूल्य २१,९९९ चिनियाँ युआन (३,०८० अमेरिकी डलर) रहेको छ।

ह्वावे मेट एक्सटीहरूको चीनमा डेलिभरी सेप्टेम्बर १२ मा सुरु हुने तालिका रहेका छ। ह्वावेले कुनै पनि अतिरिक्त अन्तर्राष्ट्रिय उपलब्धता विवरण बारे जानकारी प्रदान नगरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

Sajilo Visa

प्रकाशित: १९ भाद्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया