Technology Khabar १९ भाद्र २०८२, बिहीबार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले सबै मोबाइल तथा इन्टरनेट (ईमेल सहित) का सेवा प्रदायकहरुलाई सामाजिक सञ्जाल प्लेटफर्म निष्क्रिय गर्न निर्देशन दिएको छ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले भर्खरै सेवा प्रदायकहरुलाई पत्र पठाउँदै २६ ओटा सेवा प्रदायकहरुलाई निष्क्रिय गर्न निर्देशन दिएको हो।
पत्रमा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा सूचीकरण नभई नेपाल भित्र सञ्चालनमा रहेका देहायका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा निष्क्रिय गराउने व्यवस्थाको निर्णय भएको भन्दै निर्देशनअनुसार गर्न भनिएको छ।
“उपर्युक्त सम्बन्धमा श्री सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८२/०५/०९ को निर्णय, श्री सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८२/०५/१९ को मन्त्रिस्तरिय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा सूचीकरण नभई नेपाल भित्र सञ्चालनमा रहेका देहायका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा निष्क्रिय गराउने व्यवस्थाका लागि निर्णयानुसार जानकारी गराइएको छ ।” पत्रमा भनिएको छ।
निष्क्रिय गराउनुपर्ने सामाजिक सञ्जालको सूचीमा फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्विटर (एक्स), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कोर्ड, पिन्टेरेस्ट, सिग्नल, थ्रेड्स, विच्याट, क्वोरा, टम्बलर, क्लबहाउस, मास्टोडन, रम्बल, मिवी, भीके, लाइन, ईमो, जालो, सोल, र हाम्रो पात्रो रहेका छन्।
यस्तो छ निर्देशन पत्र-
प्रकाशित: १९ भाद्र २०८२, बिहीबार