सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय प्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

Technology Khabar १९ भाद्र २०८२, बिहीबार

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय प्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

काठमाडौं ।

नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तीमा नेपालमा दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाल बिहीबारदेखिनै बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने देखिएकोले सरकारी निर्णयप्रति महासंघ असहमति जनाउने उल्लेख छ।

“कुनै विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन आउनेमात्र नभई नागरिकको सूचनाको हक समेत प्रभावित हुन सक्ने पक्षलाई सरकारले ध्यान दिन नसकेकोमा महासंघ आश्चर्य प्रकट गर्दछ। विज्ञप्तीमा भनिएको छ, “महासंघ सामाजिक सञ्जाल नियमनको पक्षमा छ। तर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने गरी कुनै पनि माध्यम नियन्त्रणको कदमलाई कदापी स्वीकार गर्दैन।”

नागरिकको सूचनाको हक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै तत्काल सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउन महासंघ सम्बद्ध पक्षसँग जोडदार मागसमेत गरेको छ।

Sajilo Visa

प्रकाशित: १९ भाद्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार