Technology Khabar १९ भाद्र २०८२, बिहीबार
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्म बन्द गर्ने सरकारको निर्णयको विरोध गरेका छन्। उनले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मलाई व्यवस्थित गर्नुपर्नेमा बन्द गर्ने भन्दै सरकारले धम्की दिएको आरोप लगाएका छन्।
उनले लाखौँ नेपालीको रोजगारी, व्यवसाय र उद्यमशीलता सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मसँग गाँसिएको छ भन्दै सरकार धम्कीको शैलीमा फेसबुक–युट्युब बन्द गर्ने कुरा गरिरहेको आरोप लगाए।
“सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्नेमा कसैको कुनै असहमति छैन। सर्वोच्च अदालतले दिएको स्पष्ट परमादेश छ-यी प्लेटफर्म दर्ता गरेर नियमनमा ल्याउनुपर्छ। सरकारको कर्तव्य भनेको यही आदेश अक्षरशः कार्यान्वयन गर्नु हो; त्यसका लागि कूटनीतिक वार्ता, कानुनी प्रवर्तन र दीर्घकालीन रणनीति अपनाउनु हो। धम्की दिने वा हतारमा बन्द गर्ने होइन। उनले भने, “तर, सरकार संयमता र कौशल देखाउनुको साटो “एक हप्ता, दुई हप्ता” शैलीको धम्कीमा उत्रिएको छ। यो जनहित विपरीत छ।”
प्रकाशित: १९ भाद्र २०८२, बिहीबार