Technology Khabar १९ भाद्र २०८२, बिहीबार
काठमाडौं ।
सरकारले मेटाको फेसबुकलगायत करिब २६ ओटा सामाजिक सञ्जालहरु क्रमश: निष्क्रिय गराउने भएको छ।
सूचना तथा सञ्चार मन्त्रालयमा आज बसेको मन्त्रिपरिषद बैठकले सूचीकरण हुन नआएका यी विभिन्न २६ सामाजिक सञ्जाललाई निष्क्रिय बनाउने निर्णय गरेको हो।
यसमा मेटा र एक्स जस्ता ठूला सामाजिक सञ्जालहरु रहेका छन जसका अन्य मेसेन्जर एपहरु समेत बन्द हुने भएका छन्।
यी हुन् अब नेपालमा नचल्ने वा निष्क्रिय हुने सामाजिक सञ्जाल
फेसबुक | मेसेञ्जर | इन्स्टाग्राम | यूट्युब | ह्वाट्सएप | ट्विटर (एक्स) |
वी च्याट | थ्रेड्स | पिन्ट्रेस्ट | सिग्नल | डिस्कर्ड | रेडिट |
क्लबहाउस | मास्टो डन | टम्ब्लर | कोरा | लिङ्क्डइन | स्न्यापच्याट |
रम्बल | मी वी | मी भिके | इमो | लाइन | सोल |
जालो | हाम्रो पात्रो |
यस निर्णय अन्तर्गत माथिका २६ ओटा सामाजिक सञ्जाल बन्द हुने भएका हुन्। मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज उक्त निर्णय गरेको हो।
त्यसो भए कुन कुन चल्छन् त?
सरकारले सूचीकरण हुन नआएका २६ ओटा सामाजिक सञ्जाल तथा एपलाई क्रमश: निष्क्रिय गर्दै लैजाने निर्णय गर्दै गर्दा यसअघि सरकारको नियम अनुसार नेपालमा दर्ता भइसकेका र दर्ता प्रक्रियामा रहेका निम्न सामाजिक सञ्जाल तथा एपहरु भने चलिरहनेछन्:
टिकटक | भाइबर | निम्बज | वीटक | ओपोलाइभ |
टेलिग्राम र ग्लोबल लिंक दर्ताको प्रक्रियामा आइसकेका छन्।
सम्बन्धित समाचार
सरकारले तोकिएका सामाजिक सञ्जाल बन्द गर्न नियामक निकाय दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको छ। प्राधिकरणले सामाजिक सञ्जाल क्रमशः निष्क्रिय गर्दै जाने बुझिएको छ।
प्रकाशित: १९ भाद्र २०८२, बिहीबार