सामाजिक सञ्जाल बन्द भएर नखुल्दासम्म खल्बलिएका सामाजिक परम्पराहरू पुनर्स्थापनाको कोसिस गर्न एमालेका महासचिवको आग्रह

Technology Khabar १९ भाद्र २०८२, बिहीबार

सामाजिक सञ्जाल बन्द भएर नखुल्दासम्म खल्बलिएका सामाजिक परम्पराहरू पुनर्स्थापनाको कोसिस गर्न एमालेका महासचिवको आग्रह

काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सामाजिक सञ्जाल बन्द भएर नखुल्दासम्म खल्बलिएका सामाजिक परम्पराहरू पुनर्स्थापनाको कोसिस गर्न आह्वान गरेका छन्।

सामाजिक सञ्जाल फेसबुक स्ट्याट्समा, ‘यसले सुखद् अनुभूति हुने’ उनको भनाइ छ।

मन्त्रिपरिषदबाटनै निर्णय गरेर सरकारले सूचीकरण प्रक्रियामा आउन आह्वान गरेको थियो। सात दिने उक्त सूचिकरणको समय बुधबार मध्यरातदेखि सकिएको छ भने सूचीकरण गर्न र सम्पर्कमै नआएका सामाजिक सञ्जालहरुलाई आजदेखि क्रमश: निष्कृय पार्ने जनाएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषदको निर्णयअनुसार भदौ १२ गते सूचना प्रकाशित गरेर सात दिने म्याद दिएको थियो।

उक्त निर्णयमा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० तथा सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन सात दिनको म्याद दिई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि सार्वजनिक रूपमा आह्वान गर्ने उल्लेख छ।

यसैगरी तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणका लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपाल भित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणबाट ती सामाजिक सञ्जाललाई पुनः सक्रिय गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरिएको छ।

तर नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीहरुले भने यस बारेमा अहिलेसम्म कुनै निर्देशन नआएको जनाएका छन्।

मन्त्रालयका अधिकारीहरुले भने सरकारले जारी गरेको सूचनाअनुसार सूचीकरणको प्रक्रियामा नआएका सामाजिक सन्जालहरु क्रमश: निष्कृय बनाउनेबारे आज निर्णय हुने बताएका छन्।

सोही सन्दर्भलाई संकेत गरेर, नेकपा एमाले महासचिव पोख्रेलले फेसबुकमा लेखे, ‘सामाजिक सञ्जाल बन्द भइ नखुल्दासम्म त्यसले खल्बल्याइदिएका असल सामाजिक परम्पराहरु पुनर्स्थापित गर्ने कोसिस गरौं। सुखद अनुभूति हुनेछ।’

Sajilo Visa

प्रकाशित: १९ भाद्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार