Technology Khabar १९ भाद्र २०८२, बिहीबार
काठमाडौं ।
ओप्पोले मलेसियामा ए५आई प्रो फाइभजी लन्च गरेको छ। गत जुन महिनामा, ओप्पोले फिलिपिन्समा ए५आई र ए५आई प्रो लन्च गरेको थियो। साथै उक्त दुवै डिभाइसहरु फोरजी–मात्र हुन्।
ए५आई प्रो फाइभजीमा १२० हर्ज रिफ्रेस रेट, १,०००–निट पीक ब्राइटनेस र गोरिल्ला ग्लास ७आई सहितको ६.६७–इन्चको ७२०×१६०४ एलसीडी स्क्रिन रहेको छ। डिभाइसमा मिडियाटेक डाइमेन्सिटी ६३०० एसओसी, ८जीबी एलपीडीडीआर४एक्स र्याम, २५६जीबी यूएफएस २.२ स्टोरेज र ४५वाट वायर्ड चार्जिङको लागि समर्थनको साथ ६,००० एमएएच ब्याट्री समावेश गरिएको छ।
ए५आई प्रो फाइभजीमा ५० मेगापिक्सेलको रियर क्यामराको साथमा २ मेगापिक्सेलको मोनोक्रोम सेन्सर र ८ मेगापिक्सेलको सेल्फी स्न्यापर समावेश गरिएको छ। डिभाइसमा ३.५ एमएम हेडफोन ज्याक पनि रहेको छ।
ब्रीज ब्लू र मिडनाइट पर्पल रङ्गमा उपलब्ध ए५आई प्रो फाइभजीको मूल्य ७९९ मलेशियन रिङ्गिट (१८८ अमेरिकी डलर) कायम गरिएको छ।साथै सेप्टेम्बर १६ भन्दा पहिले मलेसियाको ओप्पो अनलाइन स्टोरबाट यसलाई खरिद गर्दा एक वर्षको विस्तारित वारेन्टी निःशुल्क प्राप्त हुनेछ।
फोनको मापन १६५.७१ × ७६.२४ × ७.९९ एमएम र तौल १९४ ग्राम रहेको छ भने डस्ट (धुलो) र स्प्ल्यास रेसिस्टेन्स (छिटा प्रतिरोध) को लागि आईपी६५ प्रमाणित पनि गरिएको छ। साथै डिभाइसलाई सक रेसिस्टेन्स (झट्का प्रतिरोध) को लागि एमआइएल–एसटीडी–८१०एच प्रमाणित गरिएको छ। ओप्पोले पाँच वर्षको प्रयोग पछि ब्याट्रीले यसको क्षमताको ८० प्रतिशत कायम राख्ने दाबी गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १९ भाद्र २०८२, बिहीबार