Technology Khabar १९ भाद्र २०८२, बिहीबार
काठमाडौं ।
एप्पलले सेप्टेम्बर ९ मा अनावरण कार्यक्रममा आयोजना गर्दैछ। उक्त कार्यक्रममा कम्पनीले आईफोन १७, आईफोन १७ एयर, आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्सलाई आधिकारिक रुपमा अनावरण गर्नेछ।
यसै क्रममा बुधबार चीनमा देखा परेको एउटा क्विक ह्यान्ड्स–अन भिडियोमा आईफोन प्रोडक्सन (उत्पादन) लाइनमा काम गर्ने व्यक्तिले वास्तविक आईफोन १७ प्रो म्याक्स युनिटलाई ह्यान्डल गरिरहेको देखाइएको छ। आईफोन १७ प्रो म्याक्सको लीक भएको क्विक ह्यान्ड्स–अन भिडियो हेर्नुहोस्ः
आईफोन १७ प्रो म्याक्सको पछाडिको बारम्बार अफवाह गरिएको पुनः डिजाइन फेरि एक पटक पुष्टि भएको छ र डिभाइसको बायाँदेखि दायाँ तर्फ सम्म फैलिएको विशाल क्यामरा आइल्याण्ड पूर्ण रुपमा देख्न सकिने छ।
यद्यपि यो अर्को डमी युनिट हुन सक्ने सम्भावना रहेको बताइएको छ। साथै आईफोन १७ परिवारको डमी युनिट धेरै देखा परिसकेका छन्।
प्रकाशित: १९ भाद्र २०८२, बिहीबार