आईफोन १७ डिभाइसहरूको मूल्यको खुलासा

Technology Khabar १९ भाद्र २०८२, बिहीबार

आईफोन १७ डिभाइसहरूको मूल्यको खुलासा

काठमाडौं ।

हालैको समयमा एप्पलले मूल्य वृद्धिको साथ आईफोन १७ परिवार लन्च गर्ने भन्ने बारेमा चर्चाहरु सुन्नमा आएका छन्। यद्यपि डिभाइसहरूको मूल्य वृद्धि त्यति भयानक नदेखिएको भन्दै जेपी मोर्गनले एक नयाँ अनुसन्धान नोटमा खुलासा गरेका छन्।

यदि अनुसन्धान नोट सही रहेको खण्डमा भने, आईफोन १७ प्रोको मूल्य अब आफ्नो पूर्ववर्ती भन्दा १०० अमेरिकी डलर बढी महँगो हुनेछ। तर आईफोन १७ प्रो ले अब २५६जीबी बेस स्टोरेज पनि पाउनेछ जुन १२८जीबी बाट सुरु हुने आईफोन १६ प्रोको दोब्बर हो। त्यसैले तुलनात्तमक रुपमा यो वास्तवमा २५६जीबीको आईफोन १६ प्रो को जस्तै मूल्य हनेछ भनि रिपोर्ट गरिएको छ।

आईफोन १७ को मूल्य आफ्नो पूर्ववर्तीको जस्तै ७९९ अमेरिकी डलर बाट सुरु हुने अपेक्षा गरिएको छ, भने आईफोन १७ एयरको मूल्य यसले प्रतिस्थापन गर्ने आईफोन १६ प्लसको जस्तै (८९९ अमेरिकी डलर) हुनेछ वा ९४९ अमेरिकी डलरमा ५० अमेरिकी डलर बढी हुने जनाइएको छ। त्यसैगरी, आईफोन १७ प्रो म्याक्सको भने मूल्य वृद्धि नहुने र २५६ जीबी स्टोरेजको साथ अझै पनि १,१९९ अमेरिकी डलरबाट मूल्य सुरु हुने उल्लेख गरिएको छ।

त्यसैगरी यी मूल्यहरू अमेरिकी बजारको लागि मात्र लागू हुने उल्लेख गरिएको छ। अन्य बजारहरुका लागि मूल्य वृद्धि हुनेछ कि हुनेछैन भन्ने बारेमा कुनै जानकारी उपलब्ध नभएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
एप्पलको आईफोन १७ अनावरण कार्यक्रम सेप्टेम्बर ९ मा हुँदैछ।

Sajilo Visa

प्रकाशित: १९ भाद्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार