युरोपमा उपलब्ध हुने आईफोन १७ डिभाइसको एउटा मोडेलबाट मात्र भौतिक सिम स्लट हटाइनेः रिपोर्ट

Technology Khabar १९ भाद्र २०८२, बिहीबार

युरोपमा उपलब्ध हुने आईफोन १७ डिभाइसको एउटा मोडेलबाट मात्र भौतिक सिम स्लट हटाइनेः रिपोर्ट

काठमाडौं ।

मंगलबार ईयूमा एप्पल स्टोरका कर्मचारीहरूले कम्पनीले आईफोन १७ परिवार अनावरण गर्नुभन्दा ठीक अघि ईसिम तालिम लिइरहेका छन् भन्ने एउटा रिपोर्ट बाहिरिएको थियो। उक्त रिपोर्टसँगै एप्पलले अब आफ्नो आईफोन १७ परिवारका चार सदस्यहरूबाट भौतिक सिम स्लटहरू हटाउँदैछ भन्ने धेरै अनुमान पनि सुन्नमा आएका छन्।

यसै क्रममा अब, यस पटक ग्रीसबाट (फेरि ईयू भित्र) एउटा नयाँ रिपोर्ट बहिरिएको छ। यो रिपोर्टले केवल आईफोन १७ एयरमा भौतिक स्लट नहुने दाबी गरेको छ र माथि उल्लिखित प्रशिक्षण पनि यसैको बारेमा भएको थप उल्लेख गरिएको छ।

आईफोन १७ एयरमा भौतिक स्लट नहुनुको कारण कल्पना गर्न पनि सजिलो भएको बताइएको छ। यो फोन निकै पातलो भएको कारणले गर्दा र आईफोन १७ एयरमा भौतिक सिम स्लटको लागि कुनै ठाउँ बाँकी नभएकोले एप्पलले यो मोडेल छनौट गरेको बताइएको छ।

त्यसैले अब आईफोन १७ एयर मात्र ईसिममा भर पर्ने भएको छ। यदि यो साँच्चै एप्पलको तर्क हो भने आईफोन १७ एयरको लागि सम्भवतः यो विश्वव्यापी रूपमा यही स्ट्याण्डर्ड अपनाइने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

एप्पलले सेप्टेम्बर ९ मा आधिकारिक रूपमा आईफोन १७ डिभाइसहरू अनावरण गर्दैछ।

Sajilo Visa

प्रकाशित: १९ भाद्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया