अवरुद्ध भएको नेपाल टेलिकमको सीआरबीटी पुनः शुरु भयो

  • Technology Khabar | १८ भाद्र २०८२, बुधबार
अवरुद्ध भएको नेपाल टेलिकमको सीआरबीटी पुनः शुरु भयो

काठमाडौं ।

प्राविधिक समस्या उत्पन्न हुन गई सेवा अवरुद्ध भएको नेपाल टेलिकमको कलर रिङ्ग ब्याक टोन (सीआरबीटी) Caller Ring Back Tone (CRBT) सेवा पुनः शुरु भएको छ।

कम्पनीले उक्त सेवामा देखिएको समस्या समाधान भईसकेको हुँदा सेवा सुचारु भएको जनाएको छ।

यसअघि नेपाल टेलिकमले अवरुद्ध भएको कारणले अर्को सूचना जारी नभएसम्मका लागि उक्त सेवा बन्द रहेको उल्लेख गरेको थियो।

तर कम्पनीले कस्तो प्राविधिक समस्या देखिएको र कसरी समाधान गरियो भन्ने बारेमा भने जानकारी दिएको छैन्।

प्रकाशित: १८ भाद्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार