खाद्य व्यवस्था कार्यालयले शुरु गर्यो खसी, बोका र च्याङ्ग्राको अनलाइन अग्रिम बुकिङ

Technology Khabar १८ भाद्र २०८२, बुधबार

खाद्य व्यवस्था कार्यालयले शुरु गर्यो खसी, बोका र च्याङ्ग्राको अनलाइन अग्रिम बुकिङ

काठमाडौं ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (एफएमटीसीएल) ले खसी, बोका तथा च्याङ्ग्राको अनलाइनमार्फत अग्रिम बुकिङ सुरु गरेको छ।

कम्पनीले आफ्नो आधिकारिक वेबसाइटमा खसी, बोका तथा च्याङ्ग्राको अनलाइन अग्रिम बुकिङका लागि लागू हुने नियम तथा सर्तहरूको बारेमा जानकारी उपलब्ध गराएको छ।

१. अनलाइन फाराम भरेर तोकिएको अग्रिम रकम बुझाएपछि मात्र बुकिङ्ग मान्य हुनेछ। बुकिङ्गको कोड नम्बर-खसी, बोका तथा च्याङ्ग्रा संकलनको समयमा अनिवार्य रुपमा देखाउनु पर्नेछ। ग्राहकले एकपटक बस्तु बुझिसकेपछि पुनः पुरानै कोड नम्बर लिई आएमा कम्पनीले वस्तु उपलब्ध गराउन बाध्य हुनेछैन।

२. कम्पनीले उपभोक्ताको माग बमोजिम बस्तु उपलब्ध गराउन नसकेको अवस्थामा बाहेक अन्य अवस्थामा अग्रिम भुक्तानी वापतको रकम फिर्ता हुनेछैन।

३. उपभोक्ता कम्पनीको बिक्री केन्द्रमा आई बस्तु छनौट गरेपश्चात बस्तुको पर्न आउने कूल मोलमा अग्रिक भुक्तनी बापतको रकम घटाई बाँकी रकम भुक्तानी गर्नुपर्नेछ।

४. बस्तुको मूल्य कम्पनीले निर्धारण गरेको प्रति के.जी दर अनुसार हुनेछ।तौलमा सानोतिनो भिन्नता हुन सक्छ, अन्तिम रकम वास्तविक तौलानुसार निर्धारण हुनेछ।

५. तोकिएको मितिमा यस कम्पनीको बागमती प्रादेशिक कार्यालय, थापाथली प्राङ्गणबाट मात्र खसी,बोका तथा च्याङ्ग्राहरू प्राप्त गर्न सकिनेछ।आफूले बुकिङ्ग गरेको बस्तु समयमै लिन नआई पछि दावी गर्न आएमा अग्रिम भुक्तानी बापतको रकम फिर्ता गरिनेछैन।

६. कम्पनीले उपलब्ध गराउने खसी बोका तथा च्याङ्ग्राहरू स्वास्थ्यदायी र मापदण्डअनुरूपका हुनेछन्। विशेष जात वा रंगको सुनिश्चितता गर्न सकिने छैन।

७. यी शर्तहरू नेपालका प्रचलित कानुन अनुसार लागू हुनेछन्।विवाद भएमा प्रचलित कानुनबमोजिम हुनेछ।

खसी, बोका तथा च्याङ्ग्राको अनलाइन अग्रिम बुकिङको यो सेवा कम्पनीको थापाथलीस्थित कार्यालयमा मात्र उपलब्ध रहेको छ।

खसी, बोका तथा च्याङ्ग्राको अनलाइन अग्रिम बुकिङको थप जानकारी कम्पनीको आधिकारीक वेबसाइट www.nepalfoods.gov.np/booking मा गएर प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

Sajilo Visa

प्रकाशित: १८ भाद्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार