ईयूमा एप्पल स्टोरका कर्मचारीहरूले ईसिम तालिम प्राप्त गर्दै; आईफोन १७ ले भौतिक स्लट हटाउन सक्ने

  • Technology Khabar | १८ भाद्र २०८२, बुधबार
ईयूमा एप्पल स्टोरका कर्मचारीहरूले ईसिम तालिम प्राप्त गर्दै; आईफोन १७ ले भौतिक स्लट हटाउन सक्ने

काठमाडौं ।

अमेरिकामा आईफोन १४ परिवारदेखि एप्पलका स्मार्टफोनहरूमा भौतिक सिम कार्ड स्लट हटाएर ईसिममा भर पर्दै आएको छ। कम्पनीले अहिलेसम्म अन्य कुनै पनि राष्ट्रहरुका लागि भने आईफोनबाट भौतिक स्लट हटाएको छैन। तर अब आईफोन १७ पुस्तासँगै यो अवस्थामा परिवर्तन हुन सक्ने उल्लेख गरिएको छ।

ईयू भरिका एप्पल अथोराइज्ड रिसेलर्सका खुद्रा कर्मचारीहरूले सेप्टेम्बर ५ सम्ममा ईसिम समर्थन भएका आईफोनहरूसँग सम्बन्धित प्रशिक्षण पाठ्यक्रम पूरा गर्नुपर्नेछ भनि यस विषयमा परिचित स्रोतले बताएको छ। साथै आईफोन १७ लन्च कार्यक्रम सेप्टेम्बर ९ मा हुँदैछ।

त्यसैले एप्पलले ईयूमा बिक्री गर्ने आईफोन १७ मोडेलहरूबाट भौतिक सिम कार्ड स्लट हटाएको हुन सक्छ भन्ने यसको अर्थ लाग्ने उल्लेख गरिएको छ। साथै ईसिम सक्रियताहरूसँग व्यवहार गर्नको लागि खुद्रा कर्मचारीहरूलाई तालिम दिन आवश्यक रहेको उल्लेख गरिएको छ।

प्रशिक्षण जानकारी एप्पलको सीड एपमा उपलब्ध रहेको जनाइएको छ जुन विश्वभरका एप्पल स्टोर्स र एप्पल अथोराइज्ड रिसेलर्स दुवैका कर्मचारीहरूले प्रयोग गर्दछन्। यसले विश्वव्यापी रूपमा भौतिक सिम स्लट हटाउन सकिने खुल्ला सम्भावनातर्फ संकेत गर्दछ।

त्यसैगरी आईफोन १७ एयरको अत्यधिक पातलोपनको कारणले गर्दा डिभाइसमा भौतिक सिम कार्ड स्लटको सट्टा ईसिम उपलब्ध हुनेछ भन्ने अफवाह पहिले नै आइसकेका छन्। साथै यो केही विशिष्ट अपवादहरू (सायद चीन) बाहेक आईफोन १७ परिवारको बाँकी मोडेलमा पनि लागू हुन सक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १८ भाद्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...