Technology Khabar १८ भाद्र २०८२, बुधबार
काठमाडौं ।
धेरै वर्षको अफवाह र अनुमान पछि एप्पलको पहिलो फोल्डेबल–डिस्प्ले आईफोन सन् २०२६ को अन्त्यमा आउने व्यापक रूपमा हल्ला चलिरहेको छ।
एप्पल–सम्बन्धित आपूर्ति श्रृंखला जानकारीका लागि प्रख्यात प्रदायक मानिने गरिएका मिंग–ची कुओका अनुसार सरलताको लागि आईफोन फोल्ड भनिने गरिएको एप्पलको पहिलो फोल्डेबल–डिस्प्ले आईफोनलाईमा इन–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर नहुने उल्लेख गरिएको छ।
डिभाइसले इन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर समावेश गर्नेछ भन्ने हालै पुनः देखा परेका अफवाहहरूलाई एक्सको पोस्टमार्फत कुओले अस्वीकार गरेका छन्। बरु, आईफोन फोल्डमा साइड–माउन्टेड क्यापेसिटिभ सेन्सर हुनेछ भन्ने तथ्यलाई उनले फेरि एक पटक दोहोर्याएका छन्।
कुओका अनुसार एप्पलले यसको लागि पहिले नै लक्सशेयर आईसीटीलाई एक विशिष्ट आपूर्तिकर्ताको रुपमा छनोट गरिसकेको उल्लेख गरिएको छ। आईफोन फोल्डमा इन्टर्नल (आन्तरिक) फोल्डिङ स्क्रिन साथै कभर डिस्प्ले पनि हुने भएकाले यसलाई एउटा नभई दुईवटा अन्डर–डिस्प्ले स्क्यानरहरू चाहिनेछ र एप्पलले अझै पनि आईप्याडहरूमा टच आईडी ब्रान्डेड फिङ्गरप्रिन्ट सेन्सरहरू प्रयोग गरिरहेको छ भन्ने तथ्यलाई ध्यानमा राख्दै यो अर्थपूर्ण हुने जनाइएको छ।
आगामी वर्षको अन्त्यमा बजारमा आइपुगेपछि आईफोन फोल्डले फोल्डिङ स्मार्टफोन बजारलाई साँच्चै हल्लाउने अपेक्षा गरिएको छ। अफवाह अनुसार यो डिभाइसको मूल्य २,००० अमेरिकी डलर देखि २,५०० अमेरिकी डलर हुन सक्ने बताइएको छ भने यसमा ७.८ इन्चको फोल्डिङ स्क्रिन र ५.५ इन्चको कभर स्क्रिन हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १८ भाद्र २०८२, बुधबार