पोको सी८५ स्मार्टफोन हिलियो जी८१ अल्ट्रा चिप र ६००० एमएएच ब्याट्रीको साथ सार्वजनिक

Technology Khabar १८ भाद्र २०८२, बुधबार

पोको सी८५ स्मार्टफोन हिलियो जी८१ अल्ट्रा चिप र ६००० एमएएच ब्याट्रीको साथ सार्वजनिक

काठमाडौं ।

पोकोले आधिकारिक रूपमा आफ्नो पछिल्लो पोको सी८५ स्मार्टफोन अनावरण गरेको छ। यो इण्ट्री–लेभल ह्यान्डसेटले केवल आधारभूत कुराहरू समेटेको छ।

फोनमा १२० हर्जसम्मको एडाप्टिभसिङ्क रिफ्रेस रेटको साथ ६.९–इन्चको डिस्प्ले रहेको छ। प्यानलमा आइ केयरको लागि टीयूभी राइनल्याण्ड प्रमाणीकरण पनि रहेका छ र ८ मेगापिक्सेलको सेल्फी क्यामरा भएको यू–आकारको नच समावेश गरिएको छ। डिभाइसको पछाडि भने ५० मेगापिक्सेलको एआई–एसिस्टेन्ट प्राप्त डुअल क्यामरा सेटअप रहेको छ।

डिभाइसमा १२एनएम मिडियाटेक हेलियो जी८१ अल्ट्रा चिप समावेश गरिएको छ। स्टोरेज विकल्पहरूमा १२८जीबी स्टोरेजको साथ ६जीबी र्याम वा २५६जीबी स्टोरेजको साथ ८जीबी र्याम समावेश छ जुन पहिलेको भर्चुअल मेमोरी मार्फत १६जीबी सम्म विस्तार गर्न सकिने छ।

पोको सी८५ ले ६००० एमएएच ब्याट्री प्याक गर्दछ जुन कम्पनीले ८२ घण्टासम्म म्युजिक प्लेब्याक प्रदान गर्न सक्ने दाबी गरेको छ। यस ब्याट्रीले ३३ वाटको द्रुत चार्जिङलाई समर्थन गर्दै ब्याट्री हेल्थ ३.० पनि समर्थन गर्दछ। पोकोले १० वाटको रिभर्स वायर्ड चार्जिङ पनि थप गरेको छ जसले गर्दा अन्य डिभाइसहरूलाई एकैछिनमा रिचार्ज गर्न सकिने छ।

ठूलो ब्याट्री भएतापनि, फोनको मोटाई केवल ७.९ एमएम मात्र रहेको छ। यो आईपी६४ रेटिङको साथ पनि आउँछ भने हरियो, बैजनी र कालो रङ्ग गरी र तीन फिनिशहरूमा उपलब्ध हु्नेछ।

पोको सी८५ को ६जीबी/१२८जीबी मोडेलको लागि १०९ अमेरिकी डलर र ८जीबी/२५६जीबी भेरियन्टको लागि १२९ अमेरिकी डलर मूल्य निर्धारण गरिएको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

Sajilo Visa

प्रकाशित: १८ भाद्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार