Technology Khabar १७ भाद्र २०८२, मंगलवार
काठमाडौं ।
वानप्लस प्याड ३ गत जुन महिनमा विश्वव्यापी रूपमा अनावरण गरिएको थियो। त्यसैगरी सेप्टेम्बरमा वानप्लस प्याड ३ भारतमा उपलब्ध हुने भनिएको थियो। कम्पनीले अब भारतीय बजारको लागि फ्ल्यागशिप ट्याब्लेटको मूल्य र उपलब्धता विवरण आधिकारिक रूपमा घोषणा गरेको छ।
वानप्लस प्याड ३ सेप्टेम्बर ५ देखि भारतमा १२जीबी/२५६जीबी मोडेलको लागि ४७,९९९ भारतीय रुपैयाँ (५४५ अमेरिकी डलर) को सुरुवाती मूल्यमा खरिदको लागि उपलब्ध हुनेछ। १२जीबी/५१२ जीबी भेरियन्टको मूल्य ५२,९९९ भारतीय रुपैयाँ (६०० अमेरिकी डलर) कायम गरिएको छ। ट्याब्लेट स्टर्म ब्लू र फ्रोस्टेड सिल्भर रङ्गहरूमा बिक्र गरिनेछ।
भारतका ग्राहकहरूले अमेजन, फ्लिपकार्ट, वानप्लस इन्डिया अनलाइन स्टोर र अफलाइन खुद्रा साझेदारहरू मार्फत वानप्लस प्याड ३ खरिद गर्न सक्नेछन्। लन्च प्रस्तावको रूपमा, वानप्लसले सेप्टेम्बर ५ र ७ बीच गरिएका खरिदहरूसँग स्टाइलो २ स्टाइलस वा प्याड ३ फोलियो केस निःशुल्क बन्डल गर्ने भएको छ।
वानप्लस प्याड ३ एक फ्ल्यागशिप प्रस्ताव हो जुन स्न्यापड्रागन ८ एलिट एसओसीद्वारा संचालित छ। यो १३.२ इन्चको २४००×३३९२ पिक्सेल रिजोल्युसन एलसीडी डिस्प्लेको साथ आउँछ जसको रिफ्रेस रेट १४४ हर्ज रहेको छ। ट्याब्लेटमा आठ स्पिकरहरू, १३ मेगापिक्सेलको रियर क्यामराको साथमा सेल्फी र भिडियो कलहरूको लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ।
ट्याब्लेटमा ८० वाट फास्ट चार्जिङको लागि समर्थन सहित १२,१४० एमएएच ब्याट्री प्याक गरिएको छ। ट्याब्लेटले एन्ड्रोइड १५–आधारित अक्सिजनओएस १५ लाई चलाउँछ र गुगलको सर्कल टु सर्च, जेमिनी जस्ता थप एआई सुविधाहरूसँग आउने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १७ भाद्र २०८२, मंगलवार