अनर एक्स७डी फाइभजी स्न्यापड्रागन ६एस जेन ३, ६५०० एमएएच ब्याट्रीको साथ लन्च भयो

Technology Khabar १७ भाद्र २०८२, मंगलवार

अनर एक्स७डी फाइभजी स्न्यापड्रागन ६एस जेन ३, ६५०० एमएएच ब्याट्रीको साथ लन्च भयो

काठमाडौं ।

अनरले मलेसियामा आफ्नो एक्स७डी फाइभजी स्मार्टफोन प्रस्तुत गरेको छ। अनर एक्स७डी फाइभजी स्मार्टफोनको मूल्य निर्धारण भने अझै गोप्य राखिएको छ। गत हप्ता, अनरले एक्स७डी फोरजी स्मार्टफोन लन्च गरेको थियो भने कम्पनीले अब फाइभजी संस्करण पनि ल्याएको उल्लेख गरिएको छ।

अनर एक्स७डी फाइभजीको स्पेसिफिकेशनहरूः
एक्स७डी फाइभजीमा १६१० × ७२० रिजोल्युसनको साथ ६.७७–इन्च टीएफटी एलसीडी प्यानल छ। स्क्रिनले पिकमा ८५० निट्स सम्मको ब्राइटनेस प्रदान गर्दछ र आइ कम्फर्ट प्रविधि ल्याएको छ जसले पढ्न वा स्ट्रिमिङ गर्न अलि सजिलो बनाउने अपेक्षा गरिएको छ।

स्मार्टफोनमा क्वालकमको स्न्यापड्रागन ६एस जेन ३ प्रोसेसरमा रहेको छ जुन २.३गिगाहर्जमा क्लक गरिएको र एड्रेनो ६१९ जीपीयू सँग जोडिएको छ। यस पटक ६ जीबी र्याम र १२८ जीबी स्टोरेजको साथ एउटा मात्र स्टोरेरजा कन्फिगरेसन उपलब्ध रहेको बताइएको छ।

सफ्टवेयरतर्फ, स्मार्टफोनमा एन्ड्रोइड १५ को साथ अनरको म्याजिकओएस ९.० लेयर गरिएको छ।

अनर एक्स७डी फाइभजीको पछाडि, ५० मेगापिक्सेलको मुख्य सेन्सर र २ मेगापिक्सेलको डेप्थ सेन्सर भएको डुअल–क्यामरा सेटअप समावेश गरिएको छ। अगाडि भने, ५ मेगापिक्सेलको सेल्फी क्यामराले भिडियो कल र क्विक स्न्यापहरू ह्यान्डल गर्नेछ।

यद्यपि, स्मार्टफोनको वास्तविक आकर्षण भनेको ब्याट्री हो। अनरले ३५ वाट सुपरचार्ज फास्ट चार्जिङको लागि समर्थनको साथ स्मार्टफोनमा विशाल ६,५००एमएएच डुअल–सेल युनिट समावेश गरेको छ।

अनर एक्स७डी फाइभजीमा डुअल सिम समर्थन, फाइभजी कनेक्टिभिटी, वाईफाई ५, एनएफसी, अनरले दाबी गरेको अनुसार “४०० प्रतिशत भोल्युम” डुअल स्पिकरहरू, आईपी६५ पानी प्रतिरोध र साइड–माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर रहेका छन्। फोनको तौल २०६ ग्राम रहेको छ भने यो भेलभेट ब्ल्याक र डेजर्ट गोल्डगरी दुई फिनिशमा उपलब्ध हुनेछ।

अनरले एक्स७डी फाइभजीको मूल्य कति पर्नेछ भनेर खुलासा गरेको छैन। तर डिभाइसको स्पेसिफिकेशनहरू अनुसार यो निश्चित रूपमा एन्ट्री–लेभल फाइभजी फोन भएको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

Sajilo Visa

प्रकाशित: १७ भाद्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार