Technology Khabar १७ भाद्र २०८२, मंगलवार
काठमाडौं ।
ह्वावेले लन्च गर्न लागेको आफ्नो कम्प्याक्ट ट्याब्लेट ‘मेटप्याड मिनी’ टिज गरेको छ। यो डिभाइस सेप्टेम्बर ४ मा चीनमा मेट एक्सटीएस ट्राई–फोल्ड, फ्रीबड्स ७आई, मेट टीभी र अन्य नयाँ ह्वावे इकोसिस्टम डिभाइसहरूसँगै लन्च हुने तय भएको छ।
पछिल्लो टिजरले मेटप्याड मिनीले आफ्नो स्क्रिनमा पञ्च होल कटआउट फिचर गर्ने देखाएको छ। प्यानलमा चारैतिर पातलो बेजल्स रहेको र यो ८–९–इन्च साइजको भएको बताइएको छ। यद्यपि ह्वावेले डिभाइसको वास्तविक आयामहरूको बारेमा भने पुष्टि गरेको छैन।
मेटप्याड मिनीको पछाडि गोलाकार क्यामरा मोड्युल रहेको छ जुन मेटप्याड प्रो मोडेलहरूको पछिल्लो क्रपसँग मिल्दोजुल्दो भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १७ भाद्र २०८२, मंगलवार