साउन महिनामा पौने २ करोड हाराहारीको ९ हजार विद्युतीय चुलो आयात

Technology Khabar १७ भाद्र २०८२, मंगलवार

साउन महिनामा पौने २ करोड हाराहारीको ९ हजार विद्युतीय चुलो आयात
सांकेतिक तस्विर

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा नेपालमा ४१ करोड ७७ लाख ३२ हजार रुपैयाँ बराबरका विद्युतीय चुलोहरु आयात भएका छन्।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले विश्वका विभिन्न ७ देशहरुबाट उक्त मूल्य बराबरका ८ हजार ७०३ थान यस्ता विद्युतीय चुलोहरु आयात गरेको हो।

यी परिमाणमा विद्युतीय चुलोहरु आयातवापत् सरकारले २५ लाख ११ हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ।

यसरी आयात भएका विद्युतीय चुलोहरुलाई इण्डक्शन, इन्फ्रारेड र अन्य विद्युतीय चुलोमा वर्गीकरण गरिएको छ।

यीमध्ये सबैभन्दा धेरै चीनबाट १ करोड ३३ लाख ४४ हजार बराबरको ६ हजार ७८३ थान तथा भारतबाट ३२ लाख १९ हजार बराबरको १ हजार ६ सय ५३ थान चुलो आएको छ।

यीबाहेक कतारबाट ५ हजार बराबरको ४ थान, यूएईबाट ३ हजार बराबरको ४ थान, बंगलादेशबाट ४ लाख २३ हजार बराबरको २१० थान, मलेसियाबाट ७ लाख ३६ हजार बराबरको ४८ थान तथा साउदी अरेबियाबाट १ हजार बराबरको १ थान विद्युतीय चुलो आएको पाइएको छ।

यस्तो छ तथ्याङ्क

इण्डक्शन चुलो

क्र. सं.देशपरिमाणरकम
चीन२९४०६१९१
भारत८०८१४८१
मलेसिया४८७३६
साउदी अरेबिया
यूएई

 

इन्फ्रारेड चुलो

क्र. सं.देशपरिमाणरकम
बंगलादेश२१०४२३
चीन३८४२७०८३
भारत८४०१७२७
कतार

 

अन्य विद्युतीय चुलो

क्र. सं.देशपरिमाणरकम
चीन७१
भारत११
कतार
 ४यूएई

प्रकाशित: १७ भाद्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया