Technology Khabar १६ भाद्र २०८२, सोमबार
काठमाडौं ।
संयुक्त राष्ट्रको विश्व बौद्धिक सम्पत्ति सङ्गठन (डब्लुएपीओ) ले २०२५ को नवप्रवर्तन सूचकांकमा चीनको शेनझेन–हङकङ–गुआङ्जो समूहलाई विश्वकै शीर्ष नवप्रवर्तन केन्द्र घोषणा गरेको छ।
यस समूहले जापानको टोकियो–योकोहामालाई पछि पार्दै पहिलो स्थान ओगटेको हो। नयाँ सूचकांकमा लगानी पूँजीलाई समावेश गरेपछि सूचिमा ठूलो परिवर्तन आएको छ, जसले नयाँ व्यवसाय र उत्पादन विकासमा केन्द्रीत नवप्रवर्तन गतिविधिलाई प्रभावकारी रूपमा देखाउँछ।
डब्लुएपीओका अनुसार, शेनझेन–हङकङ–गुआङ्जो र टोकियो–योकोहामा विश्वका करिब एक पाँचौं भाग पेटेन्ट आवेदन र वैज्ञानिक प्रकाशनहरूको मुख्य स्रोत हुन्। सेन जोस–सेन फ्रान्सिस्कोले तेस्रो स्थान ओगटेको छ भने लण्डन र बेंगलुरूले पनि उल्लेखनीय उछाल देखाएका छन्।
नयाँ मूल्याङ्कन अनुसार पूर्वी एसियाली समूह केही घटेका छन् भने अमेरिकी समूहहरू बढेका छन्, साथै भारतका नवप्रवर्तन समूहहरूले पनि यस वर्ष प्रगति गरेका छन्।
चीनले लगातार तेस्रो वर्ष सबैभन्दा धेरै २४ नवप्रवर्तन समूहहरू शीर्ष १०० मा राखेको छ, जुन संयुक्त राज्य अमेरिकाको २२ समूहभन्दा बढी हो।
जनसंख्याको अनुपातमा सेन जोस–सेन फ्रान्सिस्को र बेलायतको क्याम्ब्रिज सबैभन्दा नवप्रवर्तनशील क्षेत्रका रूपमा पहिचान भएका छन्। यी समूहहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नवप्रवर्तन प्रणालीलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। रासस/एएफपी
प्रकाशित: १६ भाद्र २०८२, सोमबार