Technology Khabar १६ भाद्र २०८२, सोमबार
काठमाडौं ।
सामसङले नेपालमा आफ्नो लोकप्रिय ए-सीरिजलाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए१७ फाइभजी सार्वजनिक गरेको छ। यसको मूल्य रु. ३४,९९९ (८/२५६जीबी), रु. ३०,९९९ (८/१२८जीबी) र रु. २८,९९९ (६/१२८जीबी) तोकिएको छ।
ग्यालेक्सी ए१७ फाइभजी मा ६.७-इन्च सुपर एमोलेड डिस्प्ले ९०हर्ज रिफ्रेस रेटसहित, अझै पातलो र हल्का डिजाइन, र लाइनर ग्रुप गरिएको क्यामरा सेटअप छ। यसमा ५० मेगापिक्सेल ओआईएस मुख्य क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रा-वाईड, र २ मेगापिक्सेल म्याक्रो लेन्स रहेको छ, जसले विभिन्न खिचाइका विकल्प उपलब्ध गराउँछ।
यसमा जेमिनी इन्टिग्रेशन, जेमिनी लाइभ र सर्कल टु सर्चजस्ता एआई टुलहरू प्रयोग गर्न सकिन्छ, जसले दैनिक जीवनलाई अझ सहज र स्मार्ट बनाउँछ।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित भन्छन्, “ग्यालेक्सी ए१७ फाइभजी मार्फत हामीले नेपालको उपभोक्तालाई अझ स्मार्ट, सहज र व्यक्तिगत अनुभव दिने लक्ष्य राखेका छौं। प्रिमियम डिभाइसमा मात्र सीमित नवप्रवर्तनलाई सबैले पाउन सकून् भन्ने हाम्रो विश्वास हो। ए१७ ले एआई -सञ्चालित प्रविधिलाई दैनिक जीवनमा उपलब्ध गराउने दिशामा नयाँ कदम चालेको छ।”
कम्पनीका अनुसार यसमा गोरिल्ला ग्लास भिक्टस र आईपी५४ डस्ट तथा स्प्ल्यास रेजिस्टेन्सजस्ता मजबुत सुरक्षा फिचरहरू छन्। साथै ६ वर्षको सुरक्षा अपडेट र ६ ओएस अपग्रेडको साथमा दीर्घकालीन मूल्य सुनिश्चित गरिएको छ।
ग्यालेक्सी ए१७ फाइभजी मार्फत सामसङले नेपालमा आफ्नो मिड-रेन्ज पोर्टफोलियोलाई अझ मजबुत बनाउँदै, उपभोक्तालाई एआई इनोभेशन, स्टाइल, पर्फर्मेन्स, टिकाउपन, र पहुँचयोग्यताको उत्कृष्ट संयोजन उपलब्ध गराएको कम्पनीको दावी छ।
प्रकाशित: १६ भाद्र २०८२, सोमबार